जयश्री सामुदायिक वन गैंडाकोटमा लागेको ताल्चा यसरी खुल्यो

0

प्रेम क्षेत्री, गैंडाकोट । दुई पक्षविच सहमती भएपछि गत असार ३१ गतेदेखि पुर्वी नवलपरासीको गैँडाकोटस्थित जयश्री सामुदायिक वन उपभोक्त समूहको कार्यालय तथा घाटगद्धि स्थलमा लगाएको ताल्चा मंगलबार खोलिएको छ ।
अहिंसावादी चण्डी देउराली मौला मन्दिरमा लगाइएको तारबार हटाउने र धार्मिक पूजापाठको लागि बाधा नपु¥याउने विषयमा दुईपक्षबीच सम्झौता भएपछि गैँडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेलको रोहवरमा ताल्चा खोलिएको हो । जयश्री सामुदायिक वन उपभोक्ता समूहको वन पैदावर संकलन तथा वितरण घाटगद्धि स्थल सोही स्थानमा रहने र सोही स्थानमा रहेको अहिंसावादी चण्डी देउराली मौला मन्दिरमा धार्मिक पूजापाठको लागि बाधा नपु¥याउने विषयमा दुईपक्षबीच सहमती बनेपछि ताला खोलीएको वनका उपाध्यक्ष दानबहादुर क्षेत्रीले बताउनुभयो ।

गैंडाकोट तमु आदर्श गुरुङ समाज र नेपाल आदिवासी जनजाती महासंघ गैंडाकोटले ३ बुंदे माग अघि सारेका थिए । अहिंसावादी चण्डी देउराली मौला मन्दिर यथास्थानमा नै कायम राखि डोजरले क्षति गरेको भागहरुमा पुर्ण रुपले मर्मत गर्नुपर्ने, घाटगद्धि निमार्ण उपसमितिका सम्पूर्ण सदस्यले राजिनामा दिनुपर्ने र मौला मन्दिर ध्वस्त पार्ने समितिले आदिवासी जनजाती समक्ष माफी माग्नुपर्ने माग अघि सारेका थिए ।
पटक पटकको छलफलमा वन समितिले आदिवासी जनजाति समुदायसँग छलफल नगरेर गल्ती स्विकार गरेपछि वन कार्यालयको मुल गेट र घाटगद्दी निर्माणस्थलमा लगाइएको ताल्चा खोलिएको गैंडाकोट तमु आदर्श गुरुङ समाजका अध्यक्ष प्रजन बहादुर गुरुङले जानकारी दिनुभयो ।

वन समिति सदस्यको राजिनामा र माफी भन्दापनि उनिहरुले गल्ति स्विाकार गरेकाले सहमती जुटेको उहाँले बताउनुभयो । आदिवासी जनजाती समूदाय पनि सोही वनका उपभोक्ता रहेको र मिलेर नै अघि वढ्ने समझदारी बनेको उहाँको भनाई छ ।
२ महिनाभित्र मौलो र तारजाली तथा घाटगद्धि स्थल व्यवस्थापन गर्ने गैंडाकोट नगरपालिकाले आश्वासन दिएपछि सहमती जुटेको हो । यस्तै गैंडाकोट नगरपालिकाका मेयर पौडेलले काम गर्दा कुनै पनि समुदायलाई असर नपर्ने गरी गर्न दुवै पक्षलाई आग्रह गर्नुभएको छ ।
२०४६ सालदेखि धार्मिक पूजा गर्दै आइरहेको स्थानमा वन समितिले बैशाख महिनामा विना जानकारी डोजर लगाएर ध्वस्त पारेको थियो भने उक्त क्षेत्रमा तारजाली लगाएर घेरिएको थियो । पटकपटक वार्ता गर्दा पनि सहमतिमा नआएपछि असार ३१ गते अनिश्चितकालीन तालाबन्दी गरेका थिए । धार्मिक पूजापाठको लागि बाधा नपु¥याउने विषयमा दुईपक्षबीच सम्झौता भएपछि गैँडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेलको रोहवरमा ताल्चा खोलिएको हो ।

Share.

Leave A Reply