जयश्री सामुदायिक वनमा ३ महिने सिलाइकटाई तालिमको उद्घाटन

0

सरु चापागाई
गैंडाकोट, फागुन २२ । जयश्री सामुदायिक वन उपभोक्ता समुह गैंडाकोटले विपन्न वर्गका महिलाहरुलाई लक्षित गरि ३ महिने सिलाइकटाई तालिमको उद्घाटन गरेको छ ।
जयश्री सामुदायिक बन उपभोक्ता समुहले विभिन्न शिर्षकमा लक्षित समुहका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ । विपन्न महिलाहरुको लागि आँफै शिप सिकेर स्वरोजगार बन्ने र बन संरक्षण पनि हुने हेतुले सिपमुलक ३ महिने सिलाइकटाई तालिमको आयोजना गरेको जयश्री सामुदायिक वनका अध्यक्ष महेन्द्रभक्त अधिकारीले जानकारी दिनुभयो । उहाँले वनले दिएको यो अवसरलाई सहि सदुपयोग गर्न आग्रह गर्दै वन संरक्षणमा आफनो सहभागिता बढाउदै लैजान अनुरोध गर्नुभयो ।
तालिमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि, डिभिजन वन कार्यालय नवलपुरका प्रमुख विजयराज सुवेदीले व्यवसायी बनेर आफ्नो जिवनस्तरमा परिवर्तन ल्याउन सकिने बताउनुभयो । त्यस्तै उहाँले वन संरक्षणमा पनि निरन्तर लाग्नका लागि सवैलाई आग्रह गर्नुभयो ।


कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालयका सहायक वन अधिकृत कृष्णबहादुर देवकोटाले बजारमा रहेको सिलाईकटाई मागलाई सिप सिकेर पुरा गर्नुपर्ने र समयको सदुपयोग गरेर अगाडि बढ्न आग्रह गर्नुभयो ।
तालिममा सामुदायिक वन क्षेत्रका गरिब विपन्न लक्षित समुदायका ६० जनाको सहभागिता रहेको कार्यक्रम संयोजक सरिता सुनारले जानकारी दिनुभयो । तालिममा कल्पना थापा अधिकारीले प्रशिक्षण दिनुहुनेछ ।
कार्यक्रममा जयश्री सामुदायिक बनका संस्थापक अध्यक्ष एवं सल्लाहकार टोलनाथ घिमिरेले शुभकामना मन्तव्य राख्नुभएको थियो । वनका उपाध्यक्ष दानबहादुर क्षेत्रीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजिकरण सचिव सुर्यमाया दर्लामीले गर्नुभएको थियो ।

Share.

Leave A Reply