जयश्री सामुदायिक बनको कार्यालयमा अनिश्चितकालिन तालावन्दी

0

गैंडाकोट । पुर्वी नवलपरासीको गैंडाकोट ४ मा रहेको जयश्री सामुदायिक बन उपभोक्ता समूहको कार्यालयमा अनिश्चितकालिन तालावन्दी गरिएको छ ।

गुरुङ समुदायले पुजा अर्चना गर्दै आएको गैंडाकोट ४ तुलेडाँडामा रहेको अहिंसावादी चण्डी देउरालीको मौलो गत जेठमा जयश्री सामुदायिक बन क्षेत्रमा रहेको भन्दै बनले भत्काएपछि विवाद उत्कर्षमा पुगेको छ । सो सम्बन्धमा वार्ताबाट सहमती गर्ने प्रयास गरिएपनि सहमती जुट्न नसकेपछि ३ वुदेँ माग सहित बनको कार्यालयमा अनिश्चितकालिन तालावन्दी गरिएको हो ।

गैंडाकोट (तमु) आदर्श गुरुङ समाज र नेपाल आदिवासी जनजाती महासंघ गैंडाकोट नगर समितिले अहिंसावादी चण्डी देउराली मौला मन्दिर बचाउ अभियान नै सञ्चालन गरेको छ ।

यसअघि जयश्री सामुदायिक बनमा असार ३ गते पेश भएका मागहरु सम्बोधन हुनुपर्ने उनिहरुको माग छ । अहिंसावादी चण्डी देउराली मौला मन्दिर यथास्थानमा नै कायम राखि डोजरले क्षति गरेको भागहरुमा पूर्ण रुपमा मर्मत गर्नुपर्ने, घाट गद्दी निमार्ण उपसमितिका सम्पूर्ण सदस्यले राजिनामा दिनुपर्ने र मौला मन्दिर ध्वस्त पार्ने समितिले आदिवासी जनजाती समक्ष माफी माग्नुपर्ने माग रहेका छन् ।

Share.

Leave A Reply