जयश्री फुडस् प्रालिद्वारा आयोजित रक्तदानमा ८३ जनाद्वारा रक्तदान

0

प्रेम क्षेत्री

वैशाख २८  गैंडाकोट । जयश्री फुडस् प्रालिले छैठौं वर्ष पार गरि सातौं वर्षमा प्रवेश गरेको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

उद्योग परिसर गैंडाकोट ९ थुम्सीमा भएको रक्तदान कार्यक्रममा ३ जना महिला सहित ८३ जनाले रक्तदान गरेको उद्योगका म्यानेजर अमित अग्रवालले जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले रक्तदान जस्तो महान कार्यमा जयश्री फुडस् प्रालिले देखाएको सक्रियताको प्रशंसा गर्नुभयो । केही हदसम्म भएपनि रगतको माग पुर्ती हुने बताउँदै उहाँले रक्तदान गर्न रक्तदाताहरुलाई आग्रह गर्नुभयो ।

जयश्री फुडस् प्रालिका अध्यक्ष पवनकुमार अग्रवालले सामाजिक उत्तरादायित्व बहन गर्दै हरेक वर्ष रचनात्मक कार्य गर्ने बताउनुभयो । उहाँले हरेक वर्ष रक्तदान कार्यक्रम गर्ने जनाउँदै यो दोस्रो पटक आयोजना गरिएको बताउनुभयो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले जयश्री फुड्स प्रालिले सामाजिक विकासमा उद्योगको भुमिका र सञ्चालक पवनकुमार अग्रवालको पु¥याएको योगदानको प्रशंसा गरेका थिए । कार्यक्रममा गैंडाकोट ९ का वडाअध्यक्ष प्रेमप्रसाद सापकोटा, मारवाडी सेवा परिषद्का केन्द्रिय उपाध्यक्ष उमाशंकर अग्रवाल, मारवाडी महिला मञ्च नारायणगढकी अध्यक्ष उषा अग्रवाल, हनुमान मन्दिर समिति चक्रघाटका अध्यक्ष टिकाराम सापकोटा, सामुदायिक वन महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष खगराज सापकोटा, हरि ओम सत्संग साधना सदनका अध्यक्ष ज्ञानप्रसाद खनाल लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा मारवाडी युवा मञ्चका अध्यक्ष नितेश महेश्वरी, रेडक्रस सोसाईटि चितवनका क्षेत्रिय सभापति राजकुमार गुप्ता, समाजसेवी गंगाबहादुर पाण्डे, लगायत स्थानियवासीको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजिकरण उद्योगका प्रवन्धक प्रकाश घिमिरेले गर्नुभएको थियो ।

Share.

Leave A Reply