जन्मदिनमा सहारा नेपालमा सहयोग

0

गैडाकोट

लायन्स क्लब अफ गैडाकोट बागेश्वरी मिड टाउनका तृतिय उपाध्यक्ष लक्ष्मी प्रसाद सोतीको २ बर्षीया छोरी श्रुची सोतीको जन्मदिनमा सहारा नेपाल गैडकोट १० मा खाना खुवाईनुका साथै कपडा बितरण गरिएको छ । शुक्रबार लायन्स क्लब अफ गैडाकोट बागेश्वरी मिड टाउनको आयोजनामा सहारा नेपालमा रहेका २० जना बालबालिकालाई खाना खुवाईएको साथै टि सर्ट बितरण गरिएको हो । कार्यक्रममा गैडाकोट नगरपालीकाका नगर प्रमुख छत्रराज पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । उहाले हरेक व्यक्ति सामाजिक हुन आवश्यक रहेको बताउनुभयो । समाजमा केहि र कोही नभएका व्यक्तिको सहयोगका लागि गरिएका यस्ता कार्यक्रम प्रसंसनिय रहेको उल्लेख गर्दे सबैले गर्नुपर्ने बताउनुभयो ।

यस्तै कार्यक्रममा बोल्दै लायन्स क्लब अफ गैडाकोट बागेश्वरी मिड टाउनका तृतिय उपाध्यक्ष सोतीले भडकिलो र फजुल खर्च नगरि छोरीको जन्मदिन सहारा बिहिन बालबालिका संग मनाएको बताउनुभयो । आज नैे श्रुची सोती , उहाका बाबा आमाले केहि फलफुलको बिरुवा बर्ष बिरुवा रोप्नुभएको छ । बाताबरण संरक्षणमा जनचासो जगाउन पनि जन्मदिनमा बिरुवा रोपीएको जनाईएको छ ।

र यसलाई हरेक बर्ष निरन्तरता दिने समेत उहाका बुवा लक्ष्मी प्रसाद सोतीले बताउनुभयो । सहारा नेपालका संचालक बालकृष्ण सापकोटाले सहयोगी मनका लागि धन्यबाद ज्ञापन गर्नुभएको थियो । लायन्स क्लब अफ गैडाकोट बागेश्वरी मिड टाउनका अध्यक्ष लक्ष्मी प्रसाद दवाडीको अध्यक्षतामा भएको कार्यक्रमको सचिब अमृत श्रेष्ठ ले संचालन गर्नुभएको थियो ।

Share.

Leave A Reply