जन्ती लिएर गएको जिप दुर्घटना/५ जनाको मृत्यु/बेहुला बेहुली हाम फालेर बाचे

0

गैडाकोट, १६ वैशाख । पाल्पामा दुखद दुर्घटना भएको छ । पाल्पाको निस्दी गाउँपालिकामा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने बेहुला र बेहुलीले भने हामफालेर ज्यान जोगाएका छन् ।वडा नं। ७ भिरपानीकमा लु १ ज १९४१ नम्वरको जिप साँझ दुर्घटनामा परेको हो।  घटनास्थल सदरमुकाम तानसेनबाट करिव ७० किलोमिटर दक्षिणपूर्वमा पर्छ।

मृत्यु हुनेमा चालक वुद्धिवल सोती सहित निस्दी ७ का ५५ बर्षिय देवीलाल खन्गाह,५७ बर्षिय सन्त बहादुर सारु,४५ बर्षिय खड्ग बहादुर सोमै,  ४५ बर्षिय लाल बहादुर सारु रहेको ईलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।

जिप अनियन्त्रित भई सडकबाट करिब ४ सय मिटर तल खसेको प्रहरीले जनाएको छ। जिप अनियन्त्रित हुन थालेपछि जिपमा रहेका अन्य जन्तीहरु हाम फालेर ज्यान जोगाएको प्रहरीले जनाएको छ।

Share.

Leave A Reply