जनस्वास्थ्यका कार्यक्रमहरुको आवश्यकता किन ?

0

देबराज रेग्मी (चितवन, नेपाल )

अमेरिकन जर्नल अफ पब्लिक हेल्थमा थोमोस आर. फेरिडेनले लेखेका छन् औषधि दिएर समुदायको रोग नियन्त्रण गर्नु भनेको समग्र रोग नियन्त्रण गर्ने बिधिहरु मध्यको एक हो तर पूर्ण बिधि होइन। उपचार संगसंगै रोग नियन्त्रण गर्नको लागि समुदायमा सामाजिक रुपान्तरण, स्वास्थ्य बाताबरण, दिर्घकालिन समाधानका उपायहरु जस्तै खोप कर्यक्रम, स्वास्थ्य परामर्श तथा सचेतना कर्यक्रम आदि को पनि उलेख्य भूमिका रहेको हुन्छ। उनि भन्छन, सामाजिक रुपान्तरण नै सफल र प्रभाबकारी बिधि हो जसबाट स्वास्थ्यमा निकै शुधार हुन सक्छ ।

 

जनस्वास्थ्यका कार्यक्रमबाट शुधार गर्न सकिने बिश्वका स्वास्थ्य समस्याहरु
अस्वस्थ खानाको कारण उत्पन्न  मुटुजन्य रोगहरु बाट  २०१५ मा  मात्र ज्यान गुमाउने १ करोड ७७ लाख
हरेक बर्ष बिश्वमा मदिरा सेवनको कारणले ज्यान गुमाउने ३३ लाख
हरेक बर्ष बिश्वोमा सुर्तीजन्य रोगबाट ज्यान गुमाउने ७० लाख
हरेक बर्ष बिश्वमा सडक दुर्घटना बाट ज्यान गुमाउने १२ लाख
हरेक बर्ष बिश्वमा कुपोषणबाट  ज्यान गुमाउने ६३ लाख
हरेक बर्ष बिश्वमा १९ वर्ष नपुग्दै गर्भवती हुने ६० लाख
बिश्वमा स्वास्थ्यमा पहुच नहुने मानिसहरु ४० करोड
स्रोत: बिश्व स्वास्थ्य संगठन

 

मानब स्वास्थ्यलाई व्यक्तिगत आचरण, खानपिन संगै भैतिक, सामाजिक, सांस्कृतिक, राजनैतिक बाताबरण तथा अन्य विभिन्न कुराहरुले   पनि असर गरिरहेको हुन्छ। त्यसकारण, रोग लागेपछि  उपचार गर्दैमा मानिसका रोगहरु निको हुन्छ भन्ने छैन। यसको अर्थ यो हो कि बिरामी भएपछि उपचार र औषधि पाउदैमा रोगहरु पूर्ण रुपमा निको हुदैनन् ।

औषधि उपचारले तुरुन्त रोग निको पारेपनि कालन्तरमा अन्य धेरै चुनौतिहरु देखिन सक्छ । हामीले क्षयरोगको औषधि दिदै गर्दा, मल्टीड्रग रेसिस्टेन्ट क्षयरोगको बिकाश भयो जसबाट अहिले एक तिहाई त्यस्ता रोगीहरुको उपचारका क्रममै मृतु हुने तथ्यांक बिश्व स्वास्थ्य संगठनले दिएको छ। एन्टीबायोटिकको प्रयोगबाट रोगहरु प्रतिरोधी हुदै गर्दा अहिले सामान्य रोग नियन्त्रणमा पनि समस्या भएको छ। त्यसकारण, समुदायका रोगहरु कसरि नियन्त्रण गर्ने भनेर   बिश्वका सरकारी, गैरसरकारी संस्थाहरु लगायत विभिन्न देशहरु चिन्तित छन् ।

अहिलेको रोगहरुको प्रकृति पहिलेको भन्दा फरक देखिन थालेको छ । पहिले समस्यामा रहेका सरुवारोगहरूको समाधान संगै बिश्वमा आज दीर्घरोगहरुको प्रकोप, नयाँ–नयाँ सरुवा रोगहरूको समस्या, प्राकृतिक विपद्बाट हुने जोखिम, जलवायुपरिवर्तनको असर, सडकदुर्घटना र चोटपटकबाट हुने स्वास्थ्य समस्या र मृत्युको संख्या पनि दिनप्रतिदिन बढ्दो छ। यसबाट यो भुझिन्छ कि यी स्वास्थ्य समस्याहरु हाम्रो बानी ब्यबहार, आचरण, बाताबरण बिनास र असवस्थताको उपज हो ।

अहिले अधिकांश रोगहरु हाम्रो खराब बानी व्यवहारको कारणले देखिएका छन्। वर्तमान अवस्थामा  विलाशी जिबनशैली र अस्वस्थ खाना र शारीरिक ब्यामको कमीले मधुमेह,रक्तचाप, मुटुका समस्याहरु चुलिदै छन्। सुर्तीजन्य र मदिराजन्य पदार्थको सेबन, लागुपदार्थको दुर्व्यसनी आदिका कारण क्यान्सर, क्षयरोग, दम जस्ता रोगहरु बढ्ने क्रममा छन्।

अहिले अस्वस्थ खानाको कारण मुटुजन्य रोगहरु बढिरहेका छन् जसको कारण २०१५ मा मात्रै बिश्वका १ करोड ७७ लाख मानिसहरुको ज्यान  गएको तथ्यांक बिश्व स्वास्थ्य संगठनले सार्बजनिक गरेको छ जुन बिश्वोकै ज्यान गुमाउने मानिसहरु मध्यको ३१ प्रतिशत हुन आउछ। तेसैगरी, हरेक वर्ष ३३ लाखले  मदिरा सेवनको कारणले, ७० लाखले सुर्तीजन्य रोगबाट, १२ लाख सडक दुर्घटना बाट, ६३ लाख कुपोषणबाट   ज्यान गुमाउने गरेको तथ्यांक बिश्व स्वास्थ्य संगठनले सार्बजनिक गरेको छ। यदि हामीले यी समस्या नियन्त्रण गर्न बिश्वभरि  भिभिन्न  प्रभाकारी कार्यक्रम गर्न  सकेमा यी समस्याबाट  ज्यान गुमाउने को संख्या कम गर्न सकिन्छ। तसर्थ, जनस्वास्थ्यका कार्यक्रमहरु स्वास्थ्य समाज निर्माणको लागि प्रभाबकारी देखिन्छन।

बिश्व स्वास्थ्य संगठनले २०१८ को स्वास्थ्य दिवसको अबशरमा प्रकाशित प्रतिबेदनले जनाए अनुशार संसारका ४० करोड मानिसहरुको पहुच स्वास्थ्यमा छैन भने १० करोड मानिस स्वास्थ्यमै खर्च गरेको कारण गरिबीको रेखामुनि पुग्न बाध्य छन। त्यसकारण, ति मानिसहरुलाई स्वास्थ्यको पहुचमा लान जरुरि छ जसकालागि जनस्वास्थ्यका कार्यक्रमहरु संचालनका लागि पहल गर्न जरुरि छ।

बिश्व स्वास्थ्य संगठनले दिएको जानकारी अनुशार बिश्वमा हरेक बर्ष ६० लाख १९ वर्ष मुनिका किशोरीले शिशु जन्माउने गरेका छन्। जसबाट महिलाको स्वास्थ्यमा गम्भीर चुनौती थपिएको छ। नेपालमा पनि एन.डी. एच. एस. सर्बेक्षण २०१६ ले जनाए अनुशार औसत महिलाको औसत पहिलो जन्म दिने उमेर २०.४ वर्ष छ र किशोरी अबस्थामा जन्म दिने को प्रतिसत १७ रहेको तथ्यांक छ। यदि हामीले बिबाह गर्ने उमेर मात्र शुधार गर्ने हो भने बिश्वका ६० लाख किशोरी र नेपालका १७ प्रतिशत महिलाको स्वास्थ्य शुधार हुन सक्दछ ।

पहिले पहिले बिरामी भएपछि उपचार पाउनु नै स्वास्थ्य सेवा हो भनिन्थ्यो ।  अब हामी रोगको उपचारसंगै रोग लाग्न नदिन विभिन्न उपायहरु खोज्नु पर्दछ। भिभिन्न सरकारी एबम गैरसरकारी निकायले जनस्वास्थ्यलाई आत्मसाथ गर्दै विभिन्न कार्यक्रम तर्जुमा गर्नुपर्दछ। स्थानीय निकायले पनि आफूमा भएको अधिकारको विवेकपूर्ण प्रयोग गर्दै बिरामी भएपछि उपचार र औषधि पाउनु मात्रै स्वास्थ्य सम्बन्धी हक हो भन्ने बुझाइलाई परिबर्तन गर्दै भिभिन्न कार्यक्रम तर्जुमा गर्दै जानु पर्दछ। तसर्थ,चिकित्सक र जनस्वस्थ्यकर्मिको   सहकार्य गरि उचित कार्यक्रम गर्दै  जाने  सकेमा  स्वास्थ्य समाज राष्ट्र अनि बिश्वको परिकल्पना गर्न सकिन्छ भन्नेमा दुई मत छैन।

 (रेग्मी चितवनका जनस्वास्थ्यकर्मी हुन् हाल राजिव गान्धी बिश्वबिद्यालयमा एमपीएच गर्दै छन् )

 

Share.

Leave A Reply