जनक मावि गैंडाकोटको बार्षिक उत्सव सम्पन्न

0

गैडाकोट, २३ फागुन । गैंडाकोटमा रहेको जनक माविको ६० औं वार्षिकोत्सव एवम् अभिभावक दिवस मनाइएकोछ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मदनभक्त अधिकारीको सभापतित्व र गण्डकी प्रदेश का माननीय सांसद कृष्ण चन्द्र नेपालीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो कार्यक्रममा विद्यार्थीहरुलाई विभिन्न विधामा पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा कक्षा नर्सरी देखि कक्षा १२ सम्मका विद्यार्थिहरुलाई विभिन्न विधामा पु््रस्कार तथा सम्मान गरिएको थियो ।

शिक्षक अभिभावक संघका अध्यक्ष शंकरनाथ आचार्यले सार्वजनिक लेखा परीक्षण प्रतिवेदन पेश गर्दै विद्यालयलाई विभिन्न समयमा आर्थिक र शैक्षिक रुपमा सहयोग गर्ने अभिभावकहरुलाई धन्यवाद दिनुभएको थियो । त्यसैगरी विद्यालयका प्रधानाध्यापक चुडामणि शर्माले विद्यालको वर्तमान र भावि कार्यक्रमहरुको बारेमा प्रतिवेदन पेश गर्नु भएको थियो । कार्यक्रममा वर्ष शिक्षकको रुपमा वविता ढकाल , दीपक ढुङ्गाना , गिता थापा , लक्ष्मण कंडेल लगायतलाई सम्मान गरिएको थियो भने वर्ष कर्मचारीको रुपमा देवी पौडेललाई सम्मान गरीएको थियो । यसैगरी विषय प्रविण शिक्षकको रुपमा एस इ इमा उत्कृष्ट परीमाण ल्याउने शिक्षकहरुलाई पनि विशेष सम्मान गरिएको थियो ।

विद्यालयका सहायक प्रधानाध्यापक जागेश्वर भुषालले स्वागत भाषण गर्नुभएको सो कार्यक्रममा विद्यालयका चन्दादाता , अक्षयकोष संरक्षक , वर्ष अभिभावकहरुको रुपमा चारजना अभिभावकहरुलाई सम्मान पनि गरिएको थियो । सो अवसरमा विद्यालयका २०० भन्दा वढि विद्यार्थीहरुलाई नगद छात्र–छात्रावृत्ती प्रदान गरिएको थियो ।

नेपाली परम्परा झल्कने सांस्कृतिक कार्यक्रम सहित सुरु भएको सो कार्यक्रममा नगरप्रमुख छत्रराज पौडेल, पूर्व क्षेत्रिय शिक्षा निर्देशक खड्ग बहादुर कमाल , जिल्ला समन्वय समिति नवलपुरका उप प्रमुख शारदा विश्वकर्मा , शिक्षा इकाइ प्रमुख कृष्णचन्द्र पोखरेल , वडा अध्यक्षहरु नवराज कंडेल, कृष्ण प्रसाद न्यौपाने , चोलाकान्त उपाध्याय , जनक कलेज प्रमुख चेतनाथ भूसाल , महिला अधिकारकर्मी संगिता घिमिरे , नेतृ कमला तिवारी , वडा सदस्यहरु लगायत पूर्व प्रधानाध्यापकहरु , शिक्षकहरु , वि.व्य.स.का  अध्यक्ष एवम् सदस्यहरु , शिक्षक अभिभावक संघका पूर्व अध्यक्ष बलरामचालिसे , नेकपाका नेता षडानन्द लामिछाने , नेपालीकाङ्ग्रेसकानगर सभापति तारापति खरेललगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा पूर्व अध्यक्ष एवम् शिक्षक रोहणभक्त अधिकारी , पूर्व वि व्य स सदस्य हरिप्रसाद घिमिरे , भवननिर्माण समितिका संयोजक ऋषिराम घिमीरे लगायतलाई पनि सम्मान गरिएको थियो ।

अभिभावकहरुको लागि रोचक खेलमार्फत मनोरन्जन दिइएको सो कार्यक्रममा पूर्व शिक्षक डिल्लीराज घिमिरे र टंक प्रसाद काफ्लेलाई पनि विदाइ एवम् सम्मान गरीएको थियो । कार्यक्रमा विज्ञान एवम् विविध शैक्षिक प्रदर्शनिको समेत अभिभावकहरुले अवलोकन गरेका थिए ।

Share.

Leave A Reply