जनक कलेज १२ औं बर्षमा प्रवेश ।

0

भाद्र १७,गैंडाकोट


जनक कलेज गैंडाकोटले आफ्नो स्थापनाको १२ औं बार्सिकउत्सव तथा अभिभावक भेला सम्पन्न गरेको छ ।
कार्यक्रमको अध्यक्षता कलेज संचालक समितिका अध्यक्ष कमल प्रसाद पराजुली गर्नुभएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष पराजुलीले रास्ट्रको बिकासको लागि शिक्षाको बिकास जरुरी रहेको कुरामा जोड दिनुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य राख्दै संचालक समितिका उपाध्यक्ष बलराम चालिसेले कलेज स्थापनादेखी अहिले धेरै प्रगती गरेकोमा खुसी व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा संचालक समितिका सदस्य राजकुमार पिया , खेमराज सापकोटा , शोभाकर रिमाल , प्राध्यापक राजन तिमिल्सिना , जनक माध्यमिक बिद्यालयका प्राचार्य बुद्दिसागर पन्डित ,नेपाल विद्यार्थी संघ जनक कलेजका अध्यक्ष अजय पौडेल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले आफ्नो भबिस्य उज्ज्वल बनाउन पढ्ने बानिमा बिकास गर्नुपर्ने र सृजनात्मक कार्यमा ध्यान दिनुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा त्रिभुवन बिश्वबिद्धालयबाट लिइएको बार्सिक परिक्षामा उतिर्ण हुने विद्यार्थीहरुलाइ समेत पुरस्कृत गरिएको थियो । कार्यक्रममा प्राध्यापक , अभिभावक ,विद्यार्थीलगायतको उपस्थिति रहेको थियो ।कार्यक्रमको साहजिकरण कलेजका प्राध्यापक प्रदुम्न ढुंगानाले गर्नुभएको थियो ।

Share.

Leave A Reply