जडीबुटीको खानी गैंडाकोट ३

0


पवित्रा पराजुली
गैंडाकोट । गैंडाकोट नगरपालिका वडा नम्बर ३ को अधिकांश भूभाग जंगलले ढाकिएको छ । पहाडी यस क्षेत्रमा प्रशस्त जडीबुटी छन् । यसको पहिचान र प्रशोधन गर्न नजान्दा तपाईं हाम्रै गाउँ घरमा पाइने औषधोपचारका लागि महŒवपूर्ण जडीबुटीहरू खेर गइरहेका छन् । गैंडाकोट ३ मा मात्रै आधा दर्जनभन्दा बढी सामुदायिक वन छन् । यी वन जडीबुटीको खानी नै हुन् भन्दा फरक नपर्ला । यहाँ हर्रो, बर्रो, अमला, अरसुल, सेतो मुस्ली, कालो मुस्लीलगायतका धेरै जडीबुटी पाइने गरेको देउराली सामुदायिक वन उपभोक्ता समूहका सदस्य कृष्णमाया पोखरेल बताउनुहुन्छ ।
जडीबुटीको सम्भावना प्रशस्त भए तापनि जडीबुटी चिन्न नसक्दा भन्ने त्यसबाट सोचेजस्तो फाइदा लिन नसकेको देउराली सामुदायिक वन उपभोक्ता समूहका कोषाध्यक्ष बद्रीप्रसाद रिमालको भनाइ छ । गाउँघरमा सामान्य उपभोग भए तापनि विक्रि वितरण गरेर न त वनले नै लाभ लिन सकेका छन् । न त स्थानीयले नै । जडीबुटी प्रशस्त भएपनि यसलाई व्यावसासिक रुपमा भन्ने आय आर्जन माध्यम बनाउन नसकिएको रिमालले बताउनुभयो ।
गाउँघरमा सामान्य बिरामी हुँदा यिनै जडीबुटीको प्रयोगबाट औषधीमूलो गरेर स्थानीयले उपचार लिइरहेका छन् । सामान्य आयुर्वेदिक रुपमा लिए पनि यसलाई ठूलो रुपमा गर्न नसकिएको देउराली सामुदायिक वन उपभोक्ता समूहका पूर्व अध्यक्ष ठाकुरप्रसाद रिमालको भनाइ छ । कुन जडीबुटी कसरी प्रयोग गर्ने ? कुन लोपोन्मुख जडीबुटी हो ? जस्ता कुराको ज्ञान र तालिमको खाँचो औंल्याउनुहुन्छ उहाँ ।
तर आगामी दिनमा यसको विकास र संरक्षणका लागि देउराली सामुदायिक वनले कार्ययोजना बनाएको पनि उहाँले जानकारी दिनुभयो ।
हाम्रै वरपर गाउँघरमा रहेका यस्ता जडीबुटी पहिचान गरी यसलाई प्रशोधन गर्न सके यो आम्दानीको राम्रो स्रोत बन्न सक्छ । गैंडाकोट ३ एक सम्भावित क्षेत्र हो । यसले गैंडाकोट ३ मात्र नभई समग्र गैंडाकोटको समृद्धि सम्भव छ ।

Share.

Leave A Reply