जगद्गुरु शंकराचार्य जेठको पहिलो साता चितवन आउँदै

0

 

गैँडाकोट, १५ बैशाख । निश्चलानन्द सरस्वती महाराज जगद्गुरु शंकराचार्य जेठको पहिलो साता चितवन आउँदै हुनुहुन्छ । विश्व हिन्दु महासंघको पहलमा शंकराचार्यको नेपाल भ्रमण तय भएको छ । बैशाख ३१, जेठ १ र २ गते काठमाडाँैमा धार्मिक समारोहलाई सम्बोधन गरे  लगत्तै चितवनमा जेठ ३ गते कार्यक्रम तय गरिएको विश्व हिन्दु महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष दयाराम पाण्डेले विजय एफ एमलाई जानकारी दिनुभएको छ । शंकराचार्यको नेपाल भ्रमण कार्यक्रमका संयोजक समेत रहनुभएका पाण्डेले वेद र विज्ञानका विद्वान शंकराचार्यको नेपाल भ्रमणले नेपालको धर्म संस्कृतिको महत्व र संरक्षणमा टेवा पुग्ने बताउनुभएको छ ।

शंकराचार्यको नेपाल भ्रमणका सन्दर्भमा विश्व हिन्दु महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष दयाराम पाण्डेसंग गरिएको विशेष कुराकानी सुने जितिन्छ विजय एफ एम १०१.६ मा शनिबार बेलुका साढे ८ बजे र आइतबार बिहान ७ बजे प्रसारण हुने कार्यक्रम अतिथि देवो भवमा सुन्न सकिनेछ ।

 

Share.

Leave A Reply