छिट्टै बजार अनुगमन हुन्छ : उपप्रमुख कंडेल

0


डोलराज रानाभाट
गैँडाकोट, १६ बैशाख । गैडाकोट नगरको विजय चोकदेखि पुल्चोकसम्मका विभिन्न किराना पसलमा तरकारी पनि विक्रि गरेको पाइएको छ । सामान्यतय किराना पसलले तरकारीका सामाग्री विक्रि गर्न नपाईने भएपनि विक्रि भएको पाइएको हो । यसरी विक्रि गर्ने पसलहरुमा अधिकांश तरकारीहरु आधा कुहिएको र चाम्रिएका तरकारी विक्रिका लागि राखेको पाइएको छ । काउलीहरु अधिकांश आधा कुहिएका र चाम्रिएका मुला र काउलीमा फलभन्दा पात धेरै राखेर विक्रि गरेको पाइएको हो ।
गैडाकोट नगरपालिकामा जनप्रतिनिधिहरु आइसकेपछि अहिले बजार अनुगमनको जिम्मा गैडाकोट नगरपालिकालाई आएको छ । बजार अनुगमन र किराना पसलले तरकारी राख्न पाउनेकी नपाउने भन्ने विषयमा अहिले बजार अनुगमन निर्देशीका पास भइसकेको र छिट्टै बजार अनुगमन सुरु गर्ने उप मेयर विष्णुकुमारी कंडेलले विजय एफएमलाई जानकारी दिनुभयो ।
निर्देशीका पास भइसकेको छ कडँेलले भन्नुभयो, “तरकारीमा मात्रै होइन पेय तथा खाद्य लगायतका सामाग्रीमा पनि विभिन्न समस्याहरु रहेको गुनासो आएको छ । अव चाँडै अनुगमन गर्नेछौँ ।” यता प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यले पनि आफु विदामा रहेको र निर्देशीका पास भइसकेकाले बजार अव व्यवस्थित गरिने बताउनुभयो ।

Share.

Leave A Reply