च्याउ तालीम लिएका महिलाहरुले खेती सुरु गर्ने ।

0

गैँडाकोट १४ पुष ।


गैँडाकोट नगरपालिका वडा नं ५ मा बुधबार र बिहिबार भएको च्याउ खेती तालिममा सहभागीहरुले च्याउ खेती सुरु गर्ने भएका छन् । तालीम लगत्तै खेती सुरु गर्ने भएपछि ८५ जनालाई नगरपालिकाले निशुल्क च्याउको विउ उपलब्ध गराएको छ । च्याउ खेती तालीम लिएपछि व्यवसायीक रुपमै खेती गर्ने सोच बनेरै विउ लिएको स्थनीय मन्जु गौतमले बताउनुभयो ।
तालीमको समापनको क्रममा बोल्दै नगरकार्यपालिका सदस्य रेखा पौडेलले नगरपालिकाबाट वडामा विनियोजीत बजेटलाई कृर्षीमा लगाउन सकिने सम्भावना औल्याउनुभयो । कार्यक्रममा महिला समुह सञ्जाल गैँडाकोट ५ की संयोजक दुर्गा लामीछाने, नगरस्तरीय कृषी शाखा प्रमुख डा. प्रभात न्यौपाने, वडा सदस्य हरिप्रसाद ढकाल, पार्वती सापकोटा, सहभागीको तर्फबाट सुनीता लम्सालले बोल्नुभएको थियो ।

Share.

Leave A Reply