चौधरी उद्योग नवलपुरको गेट वाहिर बम विष्फोट

0

डोलराज रानाभाट, ४ बैशाख । देवचुली नगरपालिकामा रहेको चौधरी उद्योगको कम्पाउण्ड वाहिर बम विष्फोट भएको छ । साँझ ५ बजेको समयवरिपरी उक्त विष्फोट भएको इलाका प्रहरी कार्यालय रजहरका प्रहरी नायव निरीक्षक खेम वहादुर तामाङले जानकारी दिनुभयो ।

घटनास्थलमा पुग्नुभएका निरीक्षक तामाङले दिएको जानकारी अनुसार कुनैपनि क्षति नभएको र वम टुक्रा टुक्रा भएर विष्फोट भएको बताउनुभयो । ५ सय एमएलको बोतल भित्र बारुद राखेर कालो प्लाष्टिकले बारेर राखेको वस्तु विस्फोट भएको प्रहरीले जनाएको छ ।

बम कसले राखेको थियो भन्ने केहि नखुलेको र विष्फोट भएको ठाउँमा कुनै पर्चा पम्प्लेट पनि नभेटिएको उहाँले जानकारी दिनुभयो  । विष्फोटको आवाज आएपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए ।

कस्तो प्रकृतीको वम हो भन्ने अहिले सम्म खुल्न नसकेको र अनुसन्धान जारी रहेको छ । विप्लप माओवादीले भोलि गरेको वन्दको पूर्वसन्ध्यामा भएको विष्फोटमा सोहि पार्टी संम्लग्न भएको अनुमान गरिएको छ ।

Share.

Leave A Reply