चोरमारा र अरुणखोलास्थित जंगलमा बस र दमकल ठोक्किँदा २७ जना घाइते

0

माघ ९, मध्यविन्दु । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–१५ चोरमारा र अरुणखोलास्थित जंगलमा बस र दमकल एक आपसमा ठोक्किँदा २७ जना घाइते भएका छन् ।
बिहान काठमाडाँैबाट भैरहवाका लागि छुटेको लु १ ख ८७९७ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको लु १ ग ३१० नम्बरको कावासोती नगरपालिकाको बारुणयन्त्र एकापसमा ठोक्ँिकदा सो दुर्घटना भएको हो । दमकलमा ६ जना सवार रहेका मध्ये दुई जना घाईते भएका छन । अन्य बसमा सवार हुन ।
दुर्घटनामा गम्भीर घाइते सात जनाको भरतपुरमा उपचार भइरहेको छ भने अन्यको मनकामना पोलिक्लिनिक अरुणखोलामा उपचार भइरहेको नवलपरासी (वर्दघाट सुस्ता पूर्व) जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो ।
वर्षाका कारण दाउन्नेमा पहिरो खसेको थियो । पहिरोले बाटो चिप्लो बनाएपछि पखाल्नलाई दमकल पुगेको थियो । बाटो पखालेर फर्कदै गर्दा दुर्घटनामा परेको हो । दाउन्नेमा खोलिएको नयाँ ट्रयाकबाट सडक हिलाम्मे भएपछि अबरुद्ध सडक बारुण यन्त्रको सहयोगमा बाटो सफा गरेर खुलाएपछि फर्कने क्रममा सो दुर्घटना हुन पुगेको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो ।
यस्तै, बाटो चिप्लो भएर राति अवरुद्ध बनेको पूर्व पश्चिम दाउन्ने सडक बिहान ६ बजेबाट पूर्ण रुपमा सुचारु भएको छ । वर्षाका कारण बाटो चिप्लो भएर सो सडक राति पाँच घण्टासम्म पूर्ण रुपमा अवरुद्ध बनेको थियो ।

Share.

Leave A Reply