चैत्र २३ देखि अमरापुरीमा सप्ताह व्यापी महायज्ञ हुने

0

गैंडाकोट, १८ चैत्र । पुर्वी नवलपुको गैंडाकोट १४ अमरापुरीमा सप्ताह व्यापी महायज्ञ हुने भएको छ । त्यहाँ स्थित कालिका मन्दिरमा हिउँदे दशैको अवसर पारेर महायज्ञ हुनेभएको हो ।

मन्दिर परिसरमा आज पत्रकार सम्मेलनको आयोजना गरि आयोजक खराल वंशोद्धार प्रतिष्ठान नेपालले यस्तो जानकारी दिएको हो ।

सो अन्र्तगत आध्यशक्ति महाकालि भगवती जगदम्बा माताको पुजा आराधना, लक्ष्यवर्ती प्रज्वलन, लक्ष्यहवनमा सहभागिताका साथै वृन्दावन भारतबाट आउनुभएका बालब्यास प्रल्लाहाद न्यौपाने ज्यूबाट संकृतनमय श्रीमद् देविभागवत् पाठपारायण कथाप्रवचन नवाहा, लघु–रुद्री, चण्डी–पाठ, सामूहिक व्रतबन्धलगायतका कार्यहुने बताइएको छ ।

धर्म र संस्कृतिको रक्षा गर्नुका साथै वत्स्य गोत्रीय खरेल तथा खरालकी कुलन देवि माता कालिको नियमित पुजा अन्र्तगत यज्ञ हुन लागेको खराल वंशोद्धार प्रतिष्ठानका अध्यक्ष गुणाकर खरेलले जानकारी दिनुभएको छ । साथै धार्मिक यज्ञका क्रममा धर्मप्रति आस्था राख्ने सबै महानुभावलाई पुजा गरि पुण्य लाभ लिनुहुन अनुरोध समेत गरिएको छ ।

Share.

Leave A Reply