चुनौतीपूर्ण बन्दै बाघ संरक्षण

0


गैँडाकोट, १३ श्रावण । मानव अतिक्रमण बढ्दै गएपछि दुर्लभ पाटेबाघ संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ । बाघको लागि प्रमुख बासस्थान मानिएको चितवन राष्ट्रिय निकुञ्ज र यसका मध्यवर्ती क्षेत्रहरूमा मानवीय अतिक्रमण बढ्दै गएपछि बाघको संरक्षण चुनौतीपूर्ण बन्दै गएको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकाल पछिल्लो समय बढ्दो जनसंख्याका कारण विभिन्न नाममा गरिएका वन क्षेत्रको अतिक्रमणका कारण दुर्लभ वन्यजन्तु बाघको संरक्षण चुनौतीपूर्ण बन्दै गएको बताउनुभयो माछा मार्ने, न्यूरो टिप्ने, तामा काट्ने नाममा मध्यवर्तीका स्थानीय बासिन्दा वन क्षेत्र पस्ने, पर्यटकलाई सबै जसो क्षेत्रमा पु¥याउन खोज्ने, पानीका मुहानहरू सुक्दै जाँदा आहारा प्रजातिका जनावर घट्दै जाने, माइकेनिया जस्ता झारले घाँसे मैदान अतिक्रमण गर्दै जानेजस्ता कारणले बाघ संरक्षण चुनौतीपूर्ण भएको उहाँको भनाइ छ ।

Share.

Leave A Reply