चुनावमा सुरक्षा चुनौती छैनः गृहमन्त्री शर्मा

0

बारा, १७ भदौ । गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले निर्वाचनमा सुरक्षा चुनौती नरहेको बताउनुभएको छ । शर्माले भरपर्दो सुरक्षा व्यवस्था मिलाइएकाले ढुक्क भएर मतदानमा सहभागी हुन सबैलाई आह्वान पनि गर्नुभएको छ । दुई नम्बर प्रदेशअन्तर्गत बाराको सिमरा विमानस्थलमा शनिबार बिहान पत्रकारहरुसँग कुरा गर्दै मन्त्री शर्माले सीमा क्षेत्रमा नेपाल–भारत दुबै देशका सुरक्षा संयन्त्रहरुबीच नियमित सम्पर्क र समन्वयमार्फत् काम भइरहेको जानकारी दिनुभयो ।

Share.

Leave A Reply