चि मुसी चि’ को प्रचार टोली चितवनमा

0

चितवन, असार ३०

यही साउन ११ गतेदेखी प्रदर्शनमा आउन लागेको चलचित्र ‘चि मुसी चि’ को टोली चितवन आईपुगेको छ ।

शनिबार फिल्म युनिटले पत्रकार सम्मेलन गरी चलचित्र बारेमा जानकारी गराएको हो । डान्स इण्डिया डान्समा सहभागि जनाई चर्चामा आएका सुनिल क्षेत्री यसै चलचित्र मार्फत डेब्यु गरेका छन् । पत्रकार सम्मेलनमा बोल्दै नायक क्षेत्रीले आफूलाई सुहाउँदो कथा वस्तु भएकाले चलचित्रमा अभिनय गरेको बताउनुभयो । उहाँले आफू डान्सर भएर पहिलो चलचित्र नै म्युजिकल खेल्ने तयारी गरेपनि ‘चि मुसी चि’ को कथा मन परेकोले अभिनय गरेको बताउनुभयो । यस चलचित्र पश्चात आफू म्युजिकल फिल्म लिएर आउने बताउनुभयो ।

कार्यक्रममा बोल्दै नवनायिका अलिसा शर्माले सस्सपेन्स र रोमान्टिक चलचित्र बनेकोले दर्शकले मन पराउने विश्वास व्यक्त गर्नुभयो । आफ्नो पहिलो चलचित्र भएकोले आफूले सकेको राम्रो काम गरेको बताउनुभयो । यस्तै नेपाल आईडलको टप ५ मा पुगेर चर्चामा आएकी गायिका सुजता पाण्डेले आफ्नो प्लेव्याक सिङगिङको चाहनालाई यस चलचित्रले पुरा गरेको बताउनुभयो । आफ्नो स्वरमा रहेको चलचित्रको शीर्ष गीत नै दर्शकहरुले मन पराएको खुशी व्यक्त गर्नुभयो ।

यस चलचित्रमा सुनिल र अलिसासंगै नायक शुसान्त कार्की, कमाली वाईवा, शसांक बस्याल र शेखर सुवेदीलगायत कलाकारको अभिनय रहेको छ । यसैबीच चलचित्र युनिटले आज साँझ नारायणी नदी किनारमा प्रोमोशनल कन्सर्ट समेत आयोजना गरेको थियो ।

Share.

Leave A Reply