” चिसो हावा पिपल छायाको” लोकदोहोरी गीत बजारमा

0

नबिन S सुबेदी , जेष्ठ ३१ , गैडाकोट |||..

प्रवासी गायक बिनोद लामिछाने को सांगेतिक कोसेली चिसो हावा पिपल छायाको लोकदोहोरी गीत बजारमा आएको छ |


नेपाली लोक गीत/संगीतको क्षेत्रमा प्रवासमा रहेर पनि निरन्तर लागिरहेका स्रष्टा रामअन्जान परियारको लय तथा बिनोद लामिछ्ने र रामअन्जान परियारको शब्द मा सजिएको लोक तथा दोहोरी भाका हो चिसो हावा पिपल छायाको । गायक बिनोद लामिछाने लाइ चर्चित गायिका देवी घर्तिमगर ले गायिकाको रुपमा गीतमा साथ दिनुभएको छ |


चिसो हावा पिपल छायाको गितको म्यूजिक भिडियोमा एकिन्द्र सारा शंकरको निर्देशन रहेको छ भने छायाङ्कन करण चैसीरको र सम्पादन अमर शाक्यको रहेको छ ।गीतको म्यूजिक भिडियोमार्फत चर्चित लोक तथा दाहोरी गायक राजु परियारकी छोरी रेजिना परियारले मोडलिङ क्षेत्रमा प्रवेश गरेकी छिन |चिसो हावा पिपल छायाको बोलको लोकगीतमा रेजिना लाइ मोडलको रुपमा चर्चित मोडल ,सर्जक तथा गायक दुर्गेश थापाले साथ दिएका छन ।


हिम सम्झौता डिजिटल  प्रा.लि. काठमाडौको उत्पादन तथा बजार व्यवस्थापनमा प्रवासी गायक बिनोद लामिछाने को नाम बाट बजारमा आएको चिसो हावा पिपल छायाँको बोलको गीतले स्रोता,दर्शकको मन जित्ने सर्जक रामअञ्जान परियारको अपेक्षा रहेको छ । गीतलाई हिम सम्झौता डिजिटल को युटुब च्यानल  बाट  अप लोड गरिएको छ |
हाम्रो तर्फ बाट गीतको सफलताको शुभकामना |

Share.

Leave A Reply

  • सम्पादन मण्डल

    A Station Manager : Shreedhar Upadhyay ( 9855051802)
    News Chief & Programme Chief : Prem Kshetri ( 9855056802)
    Marketing Chief : Rupa Giri ( 9855063802)
    Corresspondent : Tilak Subedi ( 9855063902)
    Reporter : Pabitra Parajuli (078-501403)
    Reporter : Sabita Tiwari (078-501403)
    Accountant : Srijana Regmi (078-501404)

  • FIND US ON FACEBOOK

Copyright © 2016 Vijaya FM 101.6 MHz | All Rights Reserved. Powered by Hamro Patro