चित्रध्वज जिसी नेपाल जेसीज वर्ष २०१९ को राष्ट्रिय खेल संयोजकमा मनोनित

0


गैंडाकोट, फागुन २३ । रजहर जेसीज २०१८ का अध्यक्ष चित्रध्वज जिसी नेपाल जेसीज वर्ष २०१९ को राष्ट्रिय खेल संयोजकमा मनोनित हुनुभएको छ ।
रजहर जेसीजका माध्यमबाट युवाहरुको नेतृत्व विकास, समाजिक विकास र उद्यमशिलताको विकासमा पु¥याएको योगदानका आधारमा जिसीलाई नेपाल जेसीज वर्ष २०१९ को नेशनल स्पोर्टस् कोअर्डिनेटर पदमा मनोनयन गरिएको हो । जेसीजको विधान परिच्छेद ८ को धारा ८.४ बमोजिम नेपाल जेसीज वर्ष २०१९ को नेशनल स्पोर्टस् कोअर्डिनेटर पदमा मनोनयन गरिएको नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर महेश पौडेलले जानकारी दिनुभयो ।


समाजमा सक्रिय नागरिकको भुमिका निर्वाह गर्न जेसीआईको ध्येय र लक्ष्य प्राप्तिका लागि जेसीजको आधार स्तम्भ जेसीज आस्थालाई आफ्नो अनुशासन बनाई वर्ष २०१९ मा प्रभावकारिता सहितको सक्रिय क्रियाशिलताका अपेक्षा सहित नेपाल जेसीज वर्ष २०१९ को नेशनल स्पोर्टस् कोअर्डिनेटर पदमा मनोनयन गरिएको बताउनुभयो ।
नेपाल जेसीज वर्ष २०१९ लाई सार्थक तथा सफल बनाउँदै जेसीआईको भिजन मिसन प्राप्त गर्नका लागि जेसीज आस्थाबाट अनुशासन तथा संस्कारलाई व्यवहारमा उतार्न यसवर्षको राष्ट्रि अध्यक्ष प्रकरण राईज टु लिड, लिडरसिप फर चेन्ज एण्ड डेभलप्मेन्ट भन्ने तय गरिएको छ ।

Share.

Leave A Reply