चितवन महोत्सव अन्र्तगत शैक्षिक गोष्ठी सम्पन्न/ नेपालमा बजार लक्षित शिक्षाको आवश्यकता

0


गैडाकोट, २७ पौष ।
१२ औं चितवन महोत्सवको छुट्टै प्रयास गोष्ठी तथा सेमिनार सुरु भएको छ । आज पहिलो दिन शैक्षिक गोष्ठी आयोजना गरिएको छ । चितवनको समग्र शैक्षिक परिदृष्य विषयक गोष्ठीमा शिक्षा विकास समन्वय इकाईका प्रमुख दिपेन्द्र सुवेदी र अक्सर्फड कलेज गैंडाकोटका प्रधानाध्यापक हरि भण्डारीले कार्यपत्र प्रस्तुत गरेकाछन् ।

चितवन जिल्लामा सामुदायिक विद्यालयको तुलनामा संस्थागत विद्यालयमा अध्ययन गर्ने विद्यार्थी संख्या अधिक रहेको शिक्षा विकास समन्वय इकाईका प्रमुख दिपेन्द्र सुवेदीले बताउनुभयो ।

चितवनका संस्थागत विद्यालयमा ९३ हजार २ सय २१ विद्यार्थी अध्ययन गरिरहेकाछन् भने सामुदायिक विद्यालयमा ८७ हजार ६ सय २२ विद्यार्थी अध्ययन गरिरहेकाछन् । जिल्लामा सामुदायिक तर्फ कुल ३ सय ५१ विद्यालय छन् भने संस्थागत तर्फ कुल एक सय ७१ विद्यालय छन् । जिल्लामा सामुदायिक सिकाई केन्द्र ३३, स्रोतकेन्द्र १३, धार्मिक विदालय ६, खुला विद्यालय (माध्यमिक तहको) १ र स्रोत शिक्षा कक्षा (अपांगता, सुस्तमनस्थिती विद्यार्थीका लागि )सञ्चालन गर्ने विद्यालय १२ वटा छन् ।

गोष्ठीमा अक्सफर्ड कलेज गैंडाकोटका प्रध्रानाध्यापक इञ्जिनियर हरि भण्डारीले उच्च शिक्षाको अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्नुभयो । नेपालमा बजार लक्षित शिक्षा व्यवस्थाको आवश्यकता रहेको बताउनुभयो । राजनितिबाट शिक्षा मुक्त नहुँदा सम्म स्वदेशमा विद्यार्थीलाई टिकाउन अप्ठेरो रहेको उनको ठम्याई छ । कार्यक्रममा प्रदेश सांसद विजय सुवेदीले देशको शिक्षा व्यवस्था सुधार्न सरकार सचेत रहेको वताउनुभयो । देशको सम्ृद्धिको खाका कोर्दै गर्दा शिक्षा र शिक्षाको गुणस्तर विकास प्राथमिकतामा रहेको उहाँको भनाई छ ।
महोत्सव अन्र्तगत शनिबार स्थानिय मिडिया प्रवद्र्धनका सवाल विषयक गोष्ठी आयोजना हुने सेमिनार गोष्ठी व्यस्थापन समिति संयोजक यम बहादुर विकेले जानकारी दिनुभएको छ ।

Share.

Leave A Reply