चितवन महोत्सव ः मञ्जिल र रामको जोडीले जित्यो बिच भलिबलको उपाधी

0

गैडाकोट, २९ पौष ।
चितवन महोत्सव अन्र्तगत शनिबार बिच भलिबलको फाइनल खेल सम्पन्न भएको छ । फाइनलमा सुवास महतो र नविन महतोको जोडीलाई हराउँदै मञ्जिल गुरुङ र राम थापाको जोडीले उपाधि हासिल गरेको छ । बिच भलिबलको प्रवद्र्धन गर्ने उद्धेश्यले शनिबार महिलाहरुको शोम्याच समेत आयोजना गरिएको खेल गतिविधि संयोजक विकास थापाले जानकारी दिनुभयो ।
यस्तै शनिबार सेपाक ताक्रोका विविध डेमोन्स्ट्रेसन गेम भएकाछन् । १० वटा समुहले सहभागिता जनाएको प्रतियोगितात्मक डेमोन्स्ट्रेसन गेममा भानु माविको समुह प्रथम, बाल्मिकी शिक्षा सदनको समुह द्धितिय र कृष्णपुर स्पोर्टस् क्लबको समुह तृतिय भएको छ । खेल गतिविधि अन्र्तगत सोमबार कार्यसमिति र प्रदर्शकहरुबीच स्लो साइकल रेस प्रतियोगिता आयोजना गरिने खेल गतिविधि व्यवस्थापन संयोजक थापाले बताउनुभो । यस्तै महिलाहरुको लागि स्लो स्कुटी रेस प्रतियोगिता सोही दिन राखिने उहाँले जानकारी दिनुभयो ।

Share.

Leave A Reply