चितवन महोत्सवमा विभिन्न शिर्षकका गोष्ठी तथा सेमिनार आजबाट

0

डोलराज रानाभाट, गैडाकोट २७ पौष ।

१२ औँ चितवन महोत्सवको छुट्टै प्रयास जिल्लामा भएका विभिन्न समस्या तथा सम्भावनाका विषयमा आजबाट वृहत छलफल हुनेभएको छ ।

जिल्लाका मुख्य मुख्य क्षेत्रका विषयमा विज्ञहरुसहितको टोलीले सम्भावना र चुनौतिका बारेमा कार्यपत्र प्रस्तुत गर्दै जिल्लालाई कसरी विभिन्न क्षेत्रको विकासमा अगाडी लैजान सकिन्छ भन्ने गहन छलफल हुनेछ । महोत्सव रमाइलो र केहि आम्दानी गर्ने मात्र नभई सम्वन्धित निकायहरुवीचको विचार आदानप्रदानले समग्र चितवनको विकास गर्नमा कार्यक्रमले सहयोग पु¥याउने गोष्ठी तथा सेमिनार व्यवस्थापन समितिका संयोजक यमबहादुर विकेले विजय एफएमलाई जानकारी दिनुभयो । आजबाट सुरु हुने गोष्ठी तथा सेमिनारमा पहिलो विषय चितवनको समग्र शैक्षिक परिदृयलाई समेटिनेछ ।

आज मध्यान्न १२ बजे उद्योग वाणिज्य संघ चितवनको सभाहलमा हुने कार्यक्रम तीन वटा कार्यपत्र प्रस्तुत हुने विकेको भनाइ छ । पहिलो कार्यपत्र आइसीटी र हाइर एजुकेसनसँग सम्वन्धित कार्यपत्र इन्जीनियर हरि भण्डारीले प्रस्तुत गर्नुहुनेछ । पछिल्लो समय शिक्षा र प्राविधिको महत्व के रहने भन्ने विषयमा कार्यपत्र केन्द्रीत हुनेछ ।

त्यस्तै पछिल्लो समय रोजगारदाता कम्पनीहरुले कामदार भेटिएन भन्ने अनि कामदारुहरु रोजगारी पाइएन भन्ने व्यापक गुनासो नेपाली बजारमा पाईन्छ । आखिर किन यस्तो भइरहेको छ भन्ने विषयमा इन्डस्ट्री एकेडेमिया कोलाव्रेसन सन्वन्धी विषयमा डा धु्रवराज पोखरले कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । यस्तै प्राइभेट र पव्लीक स्कुल सवन्धी कार्यपत्र शिक्षा समन्य इकाइ समिति प्रमुख देवेन्द्र सुवेदीले प्रस्तुत गर्ने यमबहादुर विकेको भनाई छ ।

Share.

Leave A Reply