चितवन महोत्सवमा आज हास्यकलाकार मुन्द्रे आउने/ लोकगीत प्रतियोगितापनि आजै

0

गैडाकोट, २६ पौष ।
हिजोबाट सुरु भएको १२ औं चितवन महोत्सवमा आजबाट विविध सांस्कृतिक तथा हास्य एवम् अन्य विभिन्न कार्यक्रमहरु हुनेभएका छन् । नारायणी नदी किनारको प्रदर्शनी स्थलमा सुरु भएको महोसत्वसको हिजो उद्घाटन सत्र सकिएपछि आजबाट सांस्कृतिक कार्यक्रमहरु हुनेभएका हुन् ।

आज लोक गीत प्रतियोगिता हुँदैछ । ११ जना प्रतियोगि कलाकारहरु हुनेछन् भने आजनै जीतु नेपाल मुन्द्रेको हाँस्य प्रहसन रहने सांस्कृतिक कार्यक्रम संयोजक रोहीत श्रेष्ठले जानकारी दिनुभयो । यस्तै जादुगर बलराम सरकारको पनि प्रस्तुती रहनेछ । साथै नयाँ कार्यक्रमका रुपमा थपिएको मेड इन नेपाल परिसरको पनि आजनै उद्घाटन हुँदैछ ।

नेपालमा मात्र उत्पादन हुने वस्तु तथा सेवाको बारेमा जानकारी दिने उद्धेश्यले राखिएको मेड इन नेपाल परिसरमा २२ वटा स्टल छन् । माघ ४ गतेसम्म सञ्चालन हुने महोत्सवमा कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, सञ्चार, ऊर्जा लगायतका विषयमा विज्ञ झिकाएर राष्ट्रियस्तरको गोष्ठी आयोजना हुने छन् ।

महोत्सवमा व्यावसायिक, कृषि प्रवद्र्धन, सूचना प्रविधि, हस्तकला, शिक्षा, स्वास्थ्य, बैंक तथा वित्तीय संस्था, अटोमोवाइल्स, सामाजिक संस्था लगायतका पाँच सय ७२ वटा स्टल रहेका छन् ।

Share.

Leave A Reply