चितवन प्रहरीद्धारा ९ सय ५० लिटर घरेलु मदिरा नष्ट

0

चितवन, ९ जेठ ।
वडा प्रहरी कार्यालय नारायणगढले नियन्त्रणमा लिएको ९ सय ५० लिटर घरेलु मदिरा र १८ लिटर मदिर बनाउन प्रयोग हुने कच्चा पदार्थ नष्ट गरेको छ । गोप्य सूचनाको आधारमा भरतपुरका विभिन्न क्षेत्रबाट नियन्त्रणमा लिइएको मदिरा आज (बुधवार) नष्ट गरिएको हो । भरतपुर महानगरपालिको बाह्रघरे,आँपटारी,बसपार्क र भोजाड क्षेत्रमा छापा मारेर नियन्त्रणमा लिइएको मदिरा र कच्चा पदार्थ नष्ट गरिएको वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरिक्षक केशव कुमार शाहाले जानकारी दिनुभयो । मदिरासंगै उत्पादन गर्न चाहिने १२ थान उपकरण, २ सय २० थान ड्रम बरामद गरिएको शाहाले बताउनुभयो ।

Share.

Leave A Reply