चितवन प्रहरीद्धारा ४१ बालबालिकाहरुको उद्दार

0


डोलराज रानाभाट, असार ५, गैडाकोट । जिल्ला प्रहरी कार्यालय चितवनले ४१ जना बालबालिकाहरुको उद्दार गरेको छ । आज मिति चितवन जिल्लाको राप्ती न.पा. वडा नं.१३ स्थित बिकट पहाडी बस्तीका चेपाङ बालबालिकाहरुलाई केही व्यक्तिहरुले निशुल्क पढाईदिने भन्दै अभिभावकलाई प्रलोभनमा पारी दुई वटा बोलेरो गाडीमा ल्याउदै गर्दा उद्दार गर्न सफल भएको हो । गाडीमा स साना बच्चाहरुलाई नारायणगढ तर्फ ल्याउँदै गरेको अवस्थामा भरतपुरको गोन्द्राङमा सवारी चेकजाँच गरी दिउँसो २ बजेको समयमा ग २ च ३६५७ र ग २ च १३९६ नंम्वरको बोलेरो गाडीमा ल्याइएको ४१ जना बालबालिकाहरुको उद्दार गरीएको हो । 

बालबालिकाहरुलाई लिएर आउने ६ जनालाई नियन्त्रणमा लिईएको छ ।  ती बालबालिकाहरुलाई पढाउनको लागि गोरखा जिल्लाको सिरानचोकमा रहेको भद्रशिला आधारभुत बिद्यालयमा पढाउनको लागि लिएर जान लागेको नियन्त्रणमा लिईएका व्यक्तिहरुले बताएका छन् । थप अनुसन्धान कार्य भई रहेको छ ।

उद्दार गरिएका बालबालिकाहरु ४ बर्ष देखि १५ बर्ष उमेर समुहको रहेका छन् भने उनीहरुलाई राप्ती न.पा.वडा नं.१३ का वडाध्यक्ष सुर्य बहादुर प्रजाको रोहबरमा सम्बन्धित अभिभावकको जिम्मा लगाई घर फर्काईएको छ ।

Share.

Leave A Reply