चितवन निकुञ्जमा हात्तीको आक्रमणबाट माहुतेको मृत्यु

0

चितवन, भदौ १४ । चितवन राष्ट्रिय निकुञ्जले पालेको हात्तीको आक्रमणबाट एक कर्मचारीको मृत्यु भएको छ ।
चितवन राष्ट्रिय निकुञ्जको मोती प्रसाद ‘ख’ नामको हात्तीलाई घाँस काट्न हात्तीसँगै गएका आफ्नै माउतेलाई आक्रमण गरि मारेको हो । चितवन राष्ट्रिय निकुञ्ज पूर्वी सेक्टर कार्यालय सौराहामा निकुञ्जले पालेको हात्तीले उनकै सुसारे मुखरीलाल सरदारलाई आक्रमण गर्दा बिहिबार बिहान ज्यान गएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवम् सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिनुभयो ।
सुनसरीको कोशी गाउँपालिका–८ स्थित कुशहनी निवासी २७ वर्षीय सरदार भदौ ५ गते माहुतेमा करारमा नियुक्त भएका थिए । सरदारलाई बिहान हात्तीले सुढले हानेर मारेको चितवन प्रहरीले जानकारी दिएको छ ।
हात्ती लिएर चराउन जाने क्रममा सौराहाको डुंगा घाटबाट करिब तीन सय मिटर भित्र हात्तीले आक्रमण गरेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवम् सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिनुभयो ।
उहाँले मोतीप्रसाद (ख) नाम गरेको भाले हात्तीले रिसाएर आक्रमण गरेको हुन सक्ने बताउनुभयो । सरदार सहित तीन जना हात्ती चराउन र घाँस काट्न गएको भएपनि अन्य दुई जना रुखमा झुण्डिएर बाँच्न सफल भएको अर्यालले बताउनुभयो ।

Share.

Leave A Reply