चितवनमा सुरु भयो मानसिक रोगीका लागी उपचार अभियान (अडियो सहित)

0

गैँडाकोट २९ चैत ।
सबैका लागी मानसिक स्वास्थ्य अभियान चितवनमा सुरु भएको छ । वरिष्ठ मानसिक, नशा तथा लागुपदार्थ रोग विशेषज्ञ डा. गिरिराज भन्तानाको पहलमा चितवन मोडल अस्पतालका निर्देशक शम्भुप्रसाद सुवेदी, मनोपरामर्शदाता केदार सुवेदी, अधिवक्ता निलकण्ठ अधिकारी लगायतको टोलीले अभियानको सुरुवात गरेको हो । मंगलबार भरतपुरमा भएको छलफलमा अभियानका लागी डा. गिरीराज भन्तानाले २ लाख रुपैयाको कोष स्थापना गर्ने घोषणा गर्नुभएको छ । यस्तै अभियानका लागी चितवन मोडल अस्पतालका निर्देशक शम्भु सुवेदीले व्यक्तीगत २० हजार तथा संस्थागत ५० हजार सहयोग गर्ने बताउनुभएको छ । अभियान अन्तर्गत चितवन नवलपरासी मकवानपुर गोरखा लगायत छिमेकी जिल्ला तथा देशैभर रहेका मानसिक रोगीहरुको उपचारका लागी पहल कदमी चाल्ने अभियन्ताहरुले जनाएका छन् । मानसिक रोग लुकाउने प्रवृती तथा पारिवारीक एवं सामाजीक रुपमा हेयको दृष्टीकोणले हेरीने हुँदा सोच परिवर्तनका लागी अभियान कोषे ढुंगा सावित हुने मानसिक, नशा तथा लागुपदार्थ रोग विशेषज्ञ डा. गिरिराज भन्तानाले बताउनुभयो ।

अभियानका लागी स्वास्थ्य क्षेत्रसंग जोडीएका तथा सामाजीक भावना भएका तथा परीवर्तनका लागी सकिृय संघ संस्थाले साथ दिने अपेक्षा लिईएको छ । अभियानका अभियन्ता चितवन मोडल अस्पतालका निर्देशक शम्भु सुवेदी ।

अभियान जिल्ला प्रशासन कार्यालय चितवन संगको समन्वयमा अगाडी बढ्ने अभियन्ता केदार सुवेदीले जानकारी दिनुभएको छ । अभियानका लागी मानसिक रोगीको उद्धार उपचार तथा यस क्षेत्रसंग जोडीएका संघ संस्थासंग सहकार्य गरीने जानकारी दिईएको छ ।

Share.

Leave A Reply