चितवनमा रासायानीक मलको अभाव अझै कायमै

0

चितवन, भदौं १५

चितवनमा रासायानीक मलको अभाव अझै कायमै रहेको छ । चितवनका कृषकहरुले धानमा मल्ल छर्ने बेलामा युरीया मलको अभाव भएपछि अहिले कृषक समस्यामा परेका छन् ।

जिल्लामा प्रयाप्त मात्रामा रासायनिक मल नभए्पछि कृषकहरु लाइनमा बसेर मल खरिद गर्न बाध्य भएका छन् । रासायनिक मलको आपूर्ती र बिक्री वितरण गर्दै आएका कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले साउन अन्तिम साताबाट युरीया मल वितरण गर्न सकेको थिएन । जसका कारण २० दिन भन्दा बढि बजारमा युरीया मल बिक्री वितरण नै भएन् ।

कृषि सामग्री कम्पनी मार्फत भदौं १३ गते ६३ मेट्रिक टन र १५ गते १०५ मेट्रिक टनगरि १६८ मेट्रिक टन युरीया मल चितवन भित्रिएपछि अहिले चितवनका कृषकहरु रासायनीक मल बिक्री केन्द्रमा लाइनमा बसेर मल खरिद गरिरहेका छन् ।

कृषि सामग्री कम्पनी लिमिटेड चितवनका अनुसार वार्षिक रुपमा चितवनमा युरीया डिएपी र पोट्रास लगाएतका रासायनिक मल १४ हजार मेट्रिक टन आवश्यकता पर्छ । जस मध्ये युरीया मात्र ८ हजार मेट्रिक टन अवश्यक छ ।

रासायनिक मलको टेन्डर प्रक्रिया ढिलोगरि भएकोले अहिले बजारमा युरीया मलको अभाव भएको कृषि सामग्री कम्पनी लिमिटेड चितवनका प्रवन्धक रविन्द्र गौतमले नारायणी अनलाईनलाई बताए । उनका अनुसार चितवनमा रहेका विभिन्न सहकारी संस्थाको बिक्री केन्द्र मार्फत युरीया मल बिक्री गर्ने व्यवस्था मिलाईएको छ भने युरीया मल बाहेक अन्य रासायनीक मलको भने सहज ढङ्गबाट बिक्री वितरण भईराखेको छ ।

विशेषत चितवनका धान, केरा र तरकारी खेती गर्ने किसानहरुले युरीया मलको प्रयोग गर्ने गर्दछन् । किसानले हरेक वर्ष झेल्दै आएको मल अभावको समस्या यो वर्ष पनि झेल्नु परेको हो । तर सरकारी निकायले आफ्नो गएर जिम्मेवारी सुधार गर्नुको साटो विभिन्न बहानाबाजी गर्दै किसानलाई वर्षेनी समस्यामा पार्दै आईरहेका छन् ।

Share.

Leave A Reply