चितवनमा माओवादी (केन्द्र) ले सबै उम्मेद्वार टुंगायो

0

चितवन, १५ चैत । नेकपा (माओवादी) केन्द्र चितवनले जिल्लाका सबै स्थानीय तहको उम्मेद्वारको घोषणा गरेको छ । शुक्रबार विहान पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरि भरतपुर महानगरपालिकादेखि सबै नगरपालिका र गाउँपालिकाको उम्मेदवारको घोषणा गरेको हो ।

भरतपुर महानगरपालिका

मेयरमा पार्टी पोलिटव्युरो सदस्य तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी रेणु दाहाल

उपमेयरमा सहिद परिवारका सुरेन्द्र गुरुङ

रत्ननगर नगरपालिका

मेयरमा पूर्णबहादुर अम्गाई र उपमेयरमा संगीता भट्टराई

खैरहनी नगरपालिका

मेयरमा एकराज डल्लाकोटी र उपमेयरमा रेवती उप्रेती

राप्ती नगरपालिका

मेयरमा रामचन्द्र पाठक, उपमेयरमा कल्पना लामा

 कालिका नगरपालिका

मेयरमा रामध्वज डल्लाकोटी र उपमेयरमा सविता लामा

माडी नगरपालिका

मेयरमा ठाकुरप्रसाद ढकाल र उपमेयरमा सरीता महतो (अपेक्षा)

 इच्छाकामना  गाउँपालिका

अध्यक्षमा प्रताप गुरुङ र उपाध्यक्षमा सावित्रि सिलवाल

यी सबै उम्मेद्वारको नाम पार्टी केन्द्रले अनुमोदन गरिसकेको निर्वाचन परिचालन समिति चितवनका संयोजक नारायण दाहालले बताउनुभयो ।

Share.

Leave A Reply