चितवनमा फल्यो स्याउ

0

स्याउ, भन्ने बित्तीकै हिमालमा फल्ने, हिउँ पर्ने बेलामा पाक्ने र हिमालमा नै पाईने भन्ने कुरा जो कोहीले आँकलन गर्न सक्छन् । बजारमा तपाई हामीले किन्ने स्याउ पनि नेपालकै हिमाली जिल्ला र भारत वा अन्य देशमा हिमाली भेगमा उत्पादीत स्याउ नै हुन् । यो कुरामा दुईमत छैन् । तर अचम्मको कुरा त के छ भने अत्याधीक गर्मी हुने चितवनको भरतपुरमा एक किसानले स्याउ फलाएका छन् । एक त असार साउनको महिना, त्यसमाथी चितवनमा स्याउ फलेको भन्दा पत्यार नमान्ने धेरै हुनुहुन्छ । तर चितवनका एक किसान स्याउको विरुवा हुर्काएर फलाउन सफल भएका छन् ।

–लक्ष्मी पौडेल

 

“स्याउको कुरै नगर्नुस्, यहाँको हावापानीमा स्याउ फल्दैन्, स्याउ हिमालमा हिउँ पर्ने ठाउँमा फल्छ ।” जिल्ला कृषी विकास कार्यालय चितवनका बागवानी विकास अधिकृत धनबहादुर थापालाई चितवनमा स्याउ फल्यो भन्ने कुरा पत्यार लागेन । चितवनमा स्याउ फल्यो भन्ने वित्तिकै उनको जवाफ यस्तो आयो । तर चितवन भरतपुर ७ कृष्णपुरका राजेन्द्र पौडेलको करेसाबारीमा स्याउ फलेको छ ।

“अहिले बोटमा ५० ओटा जती फल छन् । केही पाकेर खायौँ पनि केही पाक्दै केही अली साना छन् । एउटा दुईवटामा दाग लागेको छ । कुहिएर झर्ला की भन्ने डर हो” ५४ बर्षीय पौडेलले घरको करेसा बारीमा रहेको स्याउको बोटमा फलेका स्याउ देखाउँदै भने । जिल्ला कृषी विकास कार्यालय चितवनका अनुसार स्याउ फल्नका लागी चितवनमा उचित हावापानी छैन् । वागबानी विकास अधिकृत थापाका अनुसार स्याउ खेतीका लागी उच्च हिमाली भेग, हिउ पर्ने समय र फलको स्वादका लागी हिउँपर्नु पर्ने हुन्छ । चितवनको कुनै पनि भुभागमा यसकिसिमको हावापनी छैन् । केही उच्च पहाडी क्षेत्रमा जाडो मौसममा हिउँ परेपनी त्यो मौसम स्याउ फल्नका लागी उपयुक्त छैन् ।
तर चितवनका यि किसान, जसले मेहेनत गरेरै चितवनको हावापानीलाई चुनौती दिएका छन् । राजेन्द्र पौडेल कृषी विकास बैंक चितवनका प्रमुख हुन् । उनले ४ बर्ष अघि २०७१ सालको असार महिनामा अनुगमनमा रौतहट पुगेका बेला ल्याएको स्याउको बेर्ना हुर्केर अहिले दोश्रो बर्षको फल दिएको छ ।

व्यवसायीक खेती गर्ने सोच

पौडेलले स्याउका प्रजाती बुझेर हावापानी अनुसारको हरितगृह निमार्ण गरेर पनि व्यवसायी खेतीको सोच बनाईसकेका छन् । “स्याउको चिलिङ भेराईटीज हरुलाई १५ सय मिटर देखी २ हजार मिटर सम्मको उचाई चाहीन्छ, डेलीसियस जातको स्याउ गोल्डेन डेलीसियस, रेड डेलिसियस, जोनाथन प्रोम ब्युटी यी जातलाई चिलिङ भेराईटी भनीन्छ र यी जातका स्याउका पाक्ने बेला हिउँ पर्नुपर्छ स्वादका लागी ।” स्याउका बारेमा जानकारी दिदै उनले भने, “अन्ना भेराईट जातको स्याउहरु १ हजार मिटर माथि पनि हामीले लगाउन सक्छौ तर यो ठाउँ ३ सय मिटर सम्म पनि छैन् । म एउटा कुरामा भने ढुक्क थिए । हाम्रा उच्च पहाडी भेगमा पाईने सुन्तला भारतको राजस्थानमा फागुन चैतमा पाए मैले पाकेकै सुन्तला खाएँ ” पौडेलले आत्मविस्वासी बन्दै भने ।

उनी चितवनमा एउटा बोट मात्र हैन् धेरै बोट हुर्काउन सकिन्छ धेरै स्याउ उत्पादन गर्न सकिन्छ भन्नेमा विस्वस्त देखीन्थे । उनले थपे, “यहाँको सुन्तला राजस्थानमा पाईनु नै सम्भावनाको संकेत हो, कृषीमा आधुनिकीकरण भित्रिएको छ । फलको गुणस्तरीयता कायम राखेरै पनि हाईब्रिड जातका स्याउ उत्पादन गर्न सकिन्छ । म व्यवसायीक उत्पादनको सोचमा छु ।”

सुरुमा घरकै सदस्य र छिमेकी, साथीभाई कार्यालयका सहकर्मी तथा कृषी विकास कार्यालयका कर्मचारीले समेत नपत्याएका उनी अहिले कतीलाई स्याउ चखाई पनि सके । नेपालको हावापानी अनुसार नै राजेन्द्र र उनका भाई दिपेन्द्रले मिलेर अहिले अरु स्याउको विरुवा हुर्काएर व्यवसायीक खेती गर्ने सोच बनाईसकेका छन । जिल्ला कृषी विकास कार्यालयमा स्याउ फलाउने कुनै किसानको तथ्यांक नभएका कारण उनी चितवनको पहिलो स्याउ किसान बनेका छन् ।

“मैले सोचीसकेको छु, वनस्पतीक प्रजनन प्रोपागेसन गरेर विरुवा आफैले बढाउने सोचमा छु, तर अली समस्या भएको छ । यसको सिफारिस गरीएको वानस्पतीक प्रशारण विधी ग्राफ्टीङ हो त्यसका लागी रुटस्टक चाहीन्छ, स्याउकै जंगली जातको विरुवा चाहीन्छ, पहिला त्यो विरुवा हुनुप¥यो अनी उन्नत जातको हाँगा साईन चाहीन्छ । त्यो रुटस्टक मा साईन जोडेर नयाँ विरुवा बनाउनुपर्छ । मसंग जंगली स्याउ नभएका कारण नास्पतीको रुख छ मसंग । त्यसैलाई लेयरींग गरेर विरुवा तयार गरेर रुटस्टक गराएर स्याउको साईन लगेर विरुवा बनाउदैछु ।” खुसीसाथ आफ्ना योजना सुनाएका उनको सपना छ, पहिलो चरणमा १० वटा विरुवा तयार गरेर पछि स्याउ खेती बढाउने ।


उनको यो काममा उनका परिवारका सदस्यको साथ र भाई राजेन्द्रको सहकार्य नै छ । भनीन्छ संसारमा असम्भव भन्ने केही छैन् । सायद भरतपुरका राजेन्द्रले यही भनाईलाई चरीतार्थ बनाएका छन् । उखर्माउलो गर्मी हुने चितवनमा हिउँमा फल्ने स्याउ फलाएर । चितवनको पहिलो व्यवसायीक स्याउ कृषक बन्ने राजेन्द्रको सोच सफल बनोस् ।

Share.

Leave A Reply