चितवनमा टेष्ट्युब बेवी सेन्टर खुल्यो/महिलामा कृत्रिम गर्भाधान गरिने

0

गैडाकोट, २४ चैत्र । चितवन मेडिकल कलेज शिक्षण अस्पताल भरतपुरले टेष्ट्युव बेवी सेन्टर संचालनमा ल्याएको छ ।

जिल्लामै पहिलो पटक आइभिएफ प्रविधिवाट महिलालाइ कृत्रिम गर्भाधान प्रक्रिया सुरु गरेको हो ।सेन्टरको उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले उद्धघाटन गर्नुभयो ।

उद्घाटन गर्दै मन्त्री यादवले विभिन्न बाहानामा चिकित्सकले बिरामीलाई दुःख दिन नपाउने बताउनुभएको छ । चिकित्सकका माग संघीय निजामती ऐनले समाधान गरिसकेको र अव जनतालाई दुःख दिन नपाइने बताउनुभयो ।

उहाँले सरकारको मापदण्डअनुसार सबै मेडिकल कलेज चल्नुपर्ने भन्दै अनावश्यक शुल्क लिएको विषयमा चितवन मेडिकल कलेज प्रशासनसँग पनि कुरा गर्ने प्रतिबद्धता जनाउनुभयो ।

Share.

Leave A Reply