चितवनमा जवर्जस्ती करणीको अपराध बढ्दै

0


विजय खबर
भरतपुर । जिल्ला कारागार चितवनमा करिब ६ सय कैदी तथा थुनुवा रहेका छन् । शाखा अधिकृत जेलर कमलप्रसाद काफ्लेका अनुसार पौष २० गतेसम्मको तथ्यांकमा पाँच सय ९७ जना कैदी तथा थुनुवा रहेका थिए । क्षमता भन्दा बढी कैदी राख्नुपर्ने बाध्यता समेत रहेको काफ्लेले बताउनुभयो । भरतपुरमा रहेको जिल्ला कारागारमा दुई सय ५५ जनाको क्षमता भएपनि त्यसको दोब्बर बढी संख्यामा कैदी तथा थुनुवा राख्नुपरेको शाखा अधिकृत जेलर काफ्लेले विजय खबरलाई बताउनुभयो । पुरुषलाई भन्दा महिलाहरु राख्ने कारागारमा अझ बढी समस्या भएको काफ्लेले बताउनुभयो । अहिले कारागारमा कैदी र थुनुवा गरी ५६ जना महिला रहेका छन् । २५ जना कैदी र ३१ जना थुनुवा रहेका छन् । पुरुष अन्तर्गत २८४ कैदी रहेका छन् भने २ सय ५७ थुनुवा रहेका छन् ।

जवर्जस्ती करणीको अपराध बढ्दै

जिल्ला कारागारमा रहेका कैदी तथा थुनुवाको अपराधको प्रकृति हेर्दा जर्वजस्ती करणीको संख्या बढी देखिन्छ भने यसपछि गैँडा चोरी शिकारी, लागू औषध दुव्र्यसनी, ज्यान मार्ने प्रकृतिका अपराध बढी देखिएको छ । कारागारले उपलब्ध गराएको तथ्यांक अनुसार जवजस्ती करणीको अपराधमा ५० जना कैदी रहेका छन् भने जवर्जस्ती करणीको आरोपमा ७७ जना थुनुवा रहेका छन् । कैदी अपराधीको तथ्यांक मात्र हेर्ने हो भने गैँडाको चोरीशिकारी अन्तर्गत १ सय १७ कैदी र ३ थुनुवा रहेका छन् । १ सय १७ कैदीमध्ये १ मात्र महिला कैदी रहेको कारागारले उपलब्ध गराएको तथ्यांकमा उल्लेख रहेको छ । लागु औषध दुव्यर्सनी पनि चितवनको सन्दर्भमा पेचिलो मुद्धा बन्दै गएको छ । लागु औषध दुव्यर्सनीको मुद्धामा कैदी र थुनुवा गरी कारागारमा एक सय ११ जना रहेका छन् । कर्तव्य ज्यान मुद्धामा ७८ जना कैदी र थुनुवा रहेको कारागारका शाखा अधिकृत जेलर काफ्लेले बताउनुभएको छ ।

Share.

Leave A Reply