चितवनमा चुल्ठो सार्वजनीक

0

गैँडाकोट ६ चैत ।

कवि चेतराज रेग्मीको कविता संग्रह चुल्ठोको शनिबार भरतपुरमा विमोचन गरीएको छ । कविडाँडा साहित्य समाज चितवनको आयोजनाका भएको चुल्ठोको विमोचन तथा अन्तक्रिया कार्यक्रममा कविता संग्रहको विमोचन गरीएको हो । करिव सयको संख्यामा उपस्थित स्रस्टाहरुको सहभागीतामा वरिष्ठ कवि श्रवण मुकारुङले चुल्ठोको विमोचन गर्नुभएको हो ।

कविडाँडा साहित्य समाजका अध्यक्ष साहित्यकार एल वि क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा समालोचक दिपकप्रसाद गौतम, सरिता तिवारी, डा. एकनारायण पौडेलले कवि रेग्मीको कृती माथी टिप्पणी गर्नुभएको थियो ।

चुल्ठो माथी बोल्दै कवि सरिता तिवारीले कवि रेग्मीका कविता नारीबादी भएपनि नारीको बास्तबिक सम्बोधन गर्नबाट चुकेको दावी गर्नुभएको थियो ।

त्यस्तै समालोचक डा। एकनारायण पौडेलले रेग्मीका केही कविता अत्यन्तै उत्कृष्ट रहेको बताउनुभयो । समाजका उपाध्यक्ष उदय अधिकारीको स्वागत मन्तव्य रहेको कार्यक्रममा साहित्यकारहरु धनराज गिरी, ईश्वर कडेल, गणेश श्रमण, हेमराज खतिवडा लगायतले आफ्ना भनाई राख्नुभएको थियो ।

तश्विरः सुमन घिमिरेको फेसबुक

Share.

Leave A Reply