चितवनमा केरा किसानको करोडौको क्षती

0

चितवन १ असार

बुधबारको हावाहुरीका कारण चितवनको केराखेतीमा ठुलो क्षती पुगेको छ । केराखेतीका हिसाबले पकड क्षेत्र चितवन बुधबारको हावाहुरीले करोडौको क्षती भएको केरा उत्पादक संघ चितवनले जनाएको छ ।। विहान करिव ४ बजेतीर भारी बर्षा सहित आएको हावाहुरीले केरा लडाएर नष्ट गरेको चितवन केरा उत्पादक संघ चितवनका अध्यक्ष विष्णुहरी पन्तले जानकारी दिनुुभयो । विभिन्न किसानहरुले दिएको जानकारी अनुसार ५ करोड बराबरको केरा नष्ट भएको संघले जनाएको छ । अध्यक्ष पन्तले आफ्नो केरा बगानको १० विगाहा क्षेत्रको केरा पूर्णनष्ट भएको बताउनुु भयो । यस्तै संघका निवर्तमान अध्यक्ष यज्ञ सुुवेदीको चैनपुरमा लगाएको करिव २० विगाहाको केरा क्षति भएको बताउनुुभयो । उहाँले सबै किसानको विवरण आईनसकेको बताउँदै अनुुुमानमा ५ करोड माथि नै क्षति भएको दावी गर्नुभयो । अन्य किसानको पनि केरा क्षाति भएको छ ।

हावाहुरीका कारण पसाउन लागेका, पसाएका र निकाल्ने बेलाका केरामा क्षति पुुगेको छ । चितवनमा केराखेती विस्तारको क्रम बढ्दै गएपनि हावाहुरीले वर्षेनी क्षती पुरयाउँदै आएको छ । पछिल्ला केही बर्षदेखि वीमा कार्यक्रम शुरु भएकाले किसानहरुले केही रातहत पाउँदै आएका छन् । गएकोवर्ष चितवन जिल्लामा २ सय विगाहामा केरा खेती बढेको छ । चितवन केरा उत्पादक संघका अनुसार अघिल्लो बर्ष २ हजार ४०० विगाहामा केरा खेती भएकोमा यो बर्ष क्षेत्रफल विस्तार भई २ हजार ६२० विगाहा पुगेको हो । जिल्लामा बार्षिक १ अर्बको केराको कारोबार हुँदै आएको छ । जिल्ला कृषि विकास कार्यालय चितवनका अनुसार जिल्लामा कृषि बिमा भने सोचे अनुसार हुन सकेको छैन ।

Share.

Leave A Reply