चितवनमा कण्डम दिवस मनाईने/ एचआईभी प्रति सचेतना बढ्दै

0

गैडाकोट, २८ माघ ।
विभिन्न सचेतनाका कार्यक्रम गर्दै चितवनमा अन्तराष्ट्रिय कण्डम दिवस मनाईने भएको छ । प्रेम दिवसको अवसर पारेर हरेक वर्ष फेब्रअरी १३ तारिखमा अन्तराष्ट्रिय कण्ड दिवस मनाउने गरिन्छ ।

दिवससँगै कण्डमको प्रयोग र यसको फाइदाका विषयमा पनि सचेतना कार्यक्रम गरिने जनाइएको छ । एचआइभी जस्तो रोग हुन नदिन कण्डम भरपर्दो माध्यमको रुपमा लिने गरिन्छ । एड्स हेल्थकेयर फाउण्डेशन (एएचएफ) ले चितवनमा सप्ताहव्यापी रुपमा कार्यक्रम गरी कण्डम दिवस मनाउने भएको हो ।

दिवसको अवसरमा समुदायसंग अन्तरक्रिया, संचारमाध्यमसंग अन्तरक्रिया, सचेतना मुलर्क याली, निःशुल्क एचआईभी परीक्षणलगायतका कार्यक्रमहरु भईरहेको एएचएफ भरतपुर अस्पतालका सिनियर रिजनल कोर्डिनेटर कृष्णहरि सापकोटाले जानकारी दिनुभयो ।

गतवर्ष सन् २०१८ मा एक हजार एक सय ११ जनामा एचआईभीरएड्स संक्रमित बिरामी फेला परेका छन् । एचआईभी परीक्षण गर्नेको संख्या बढेर १६ हजार ६ सय ८४ जना पुगेको छ । यसअघि सन् २०१७ मा १५ हजार ४ सय २५ को परीक्षण गरिएकोमा ९३ जनामा एचआईभी संक्रमण देखिएको सापकोटाले जानकारी दिनुभयो ।

Share.

Leave A Reply