चितवनको रामपुर स्थित कृषि क्याम्पस कालिका नगरपालिकामा संचालन गर्ने तयारी

0

साउन १५ । चितवनको रामपुरमा विगत ५० वर्षदेखि संचालनमा रही पढाई हुँदै आएको कृषि तथा पशु विज्ञान अध्ययन संस्थान (रामपुर क्याम्पस) चितवनकै कालिका नगरपालिकामा संचालन गर्ने विषयमा छलफल अघि वढाईएको छ ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गत संचालित संस्थानलाई नेपाल सरकारले कालिका नगरपालिकाको गैरीबारी क्षेत्रमा संचालन गर्ने तयारी गरेको छ । सो क्षेत्रको करिब ४ सय विगाहा जमिनमा संस्थान संचालन गर्ने योजना छ ।

गैरीबारी क्षेत्रमा तत्काल सो क्याम्पस संचालन गर्न भवनको संरचना तथा पूर्वाधार तयार गर्नुपर्ने भएकोले त्यस अगाडि कक्षा संचालन गर्न कालिका नगरपालिकामा रहेको शहीद स्मृति बहुमुखी क्याम्पसको शाखा भवन पदमपुरमा संस्थानको कक्षा संचालन गर्ने पहल शुरु भएको छ ।

कालिका नगरपालिकाका नगर प्रमुख खुमनारायण श्रेष्ठको अध्यक्षतामा भएको छलफल कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति जीतनारायण श्रेष्ठ, नेकपा एमालेका जिल्ला उपाध्यक्ष तेजेन्द्र खड्का, माओवादी केन्द्रका जिल्ला इन्चार्ज ईश्वरी भट्टराई, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष बद्री तिमल्सीना लगायतले गैरीबारी क्षेत्रमा पूर्वाधार तयार नभएसम्म अस्थायी रुपमा पदमपुरमा कक्षा संचालन गर्न उपयुक्त भएको बताएका थिए ।

Share.

Leave A Reply