चितवनको चौबीसकोठीमा भोलि रक्तदान हुँदै

0

गैडाकोट, २४ चैत्र । मदन भण्डारी फाउण्डेशन चितवनले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

बारा र पर्सामा आएको हावाहुरीका कारण घाइते भई अस्पतालमा उपचारर्थका लागि रगत अभाव भएपछि फाउण्डेशनले कार्यक्रमको आयोजना गरेको हो ।

२६ औं मदन आश्रित स्मृति दिवसको अवसरमा भोलि आयोजना गर्न लागिएको रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गर्न फाउण्डेशनले आव्हान गरेको छ ।

फाउण्डेशनका बरिष्ठ उपाध्यक्ष एवं कार्यक्रम संयोजक शम्भु सुवेदीले भरतपुरको चौबीसकोठीमा चैत २५ गते बिहान ७ बजेबाट शुरु हुने रक्तदान कार्यक्रममा सहभागी हुन आम जिल्लावासीलाई आग्रह गर्नुभयो ।

Share.

Leave A Reply