चितवनको इच्छाकामना नयाँ नियम, छोरी जन्मिए गाउँपालिकाले बैंक खाता खोलिदिने

0

गैडाकोट, २६ पौष ।
चितयनवको इच्छाकामना गाउँपालिकामा नयाँ नियम सुरु भएको छ । गाउँपालिका भित्रको स्वास्थ्य संस्थामा छोरी जन्मिए रकमसहितको बैंक खाता खोल्ने नियम बनाइएको छ ।

गाउँपालिकाले एक जना बालिकाको खातामा पाँच हजार रुपैया जम्मा गरी अभिभावकलाई समेत कम्तिमा रु पाँच हजार जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ । भु्रण हत्या बढ्न थालेपछि यो अभियान शुरु गरिएको गाँउपालिकाले जनाएको छ । इच्छाकामना–१ को हात्तिवाङ–४ को कुरीनटार, ६ को चण्डीभञ्ज्याङ र ७ को माथिल्लो दाहाखानीमा बर्थिङ सेन्टर रहेको छ ।

गाउँपालिकाले चालू आर्थिक वर्षका लागि रु ३० लाख बजेट महिला र बालबालिकाका लागि विनियोजन गरी महिलाको चेतना अभिवृद्धिसँगै सीपमुलक तालीमसमेत दिँदै आएको छ ।

Share.

Leave A Reply