चितवनको आनन्दपुरमा श्रीमद् भागवत धन धान्याचल विराट महायज्ञ हुदैं

0

प्रेम क्षेत्री, असोज ६ चितवन । चितवनको आनन्दपुरमा श्रीमद् भागवत धन धान्याचल विराट महायज्ञ सञ्चालन गरिने भएको छ ।

भरतपुर ४ आनन्दपुरमा रहेको राधाकृष्ण पञ्चाङ्ग मन्दिरको भौतीक विकास तथा अक्षय कोष स्थापनार्थ दिव्यज्योतीधाम आनन्दपुरमा श्रीमद् भागवत धन धान्याचल विराट महायज्ञ सञ्चालन गर्न लागिएको मन्दिरका सचिव रामहरी थापाले जानकारी दिनुभयो ।

आउँदो पौष २ गतेदेखी १० गतेसम्म मन्दिर प्राङ्गणमा श्रीमद् भागवत धन धान्याचल विराट महायज्ञ सञ्चालन गर्न लागिएको उहाँले जानकारी दिनुभयो । २०६४ सालमा स्थापना गरिएको मन्दिर परिषरमा राधाकृष्णको प्रतिमासँगैं १०८ शिवलिङ्ग, शिव, गणेश, देवी भगवती, पञ्चायन देवताको प्रतिमा रहेको छ ।

मन्दिरको सर्वाङ्गिण विकासका लागि तयारी तिव्र पारिएको छ । सोही अनुरुप मन्दिर परिषरमा बसेको भेलाले तयारी तिव्र पार्ने निर्णय गर्दै मूल समिति समारोह सँगैं विभिन्न उप समिति गठन गरेको मन्दिरका अध्यक्ष दुर्गादत्त खरेलले जानकारी दिनुभयो ।

Share.

Leave A Reply