चितवनका २ स्रष्टा सम्मानित

0

बालकृष्ण थपलिया 

नारायणगढ , असार ३० 

२०५ औं भानु जयन्तीको अवसरमा चितवनका २ स्रष्टा सम्मानित भएका छन् । चितवन साहित्य परिषद्ले स्थापना गरेको चिसाप प्रतिभा पुरस्कारबाट सह प्राध्यापक निबन्धकार पूर्णप्रसाद अधिकारी सम्मानित भए । यसै गरी  साहित्यकार जीवा लामिछानेले पिता खेमलाल लामिछानेको स्मृतिमा चितवन साहित्य परिषद मार्फ़त स्थापना गर्नु भएको चिसाप खेमलाल लामिछाने  साहित्य  पुरस्कारबाट महाकाव्यकार केशवराज आमोदी सम्मानित भए । आमोदीको महाकाव्य उषा अनिरुद्धलाई रू ५० हज़ार ४५ नगद सहित सम्मान गरिएको हो । प्रतिभा पुरस्कारको राशी भने ११ हज़ार ४५ रहेको छ । भानु प्रतिष्ठानका अध्यक्ष प्रा . डा वर्तराज आचार्य को प्रमुख आतिथ्यमा चितवन साहित्य परिषद् र नारायणी कला मन्दिरको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जगन्नाथ पण्डित, केदारनाथ खनाल, गायत्री श्रेष्ठ , प्रेम विनोद नन्दन, सुरेन्द्र अस्तफल, गणेश श्रमण , उद्दव जोशी, वैजनाथ देवकोटा, सुचित्रा वमलगायतले भानु चर्चा, पुरस्कृत व्यक्तित्वहरूको उजागर, रामायण वाचन आदि गरेका थिए ।

Share.

Leave A Reply