चितवनका कम्युनिष्ट नेता भेटवालको निधन

0

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 100

चितवन । चितवनका पुराना कम्युनिष्ट नेता जागृतप्रसाद (जेपी) भेटवालको निधन भएको छ ।

क्यान्सर रोगबाट पीडित एमाले नेता भेटवालको आज विहान उपचारको क्रममा काठमाडौंस्थित वीर अस्पतालमा निधन भएको हो । मेडिसिटी अस्पतालमा उपचार गराईरहेका नेता भेटवाललाई अवस्था गम्भीर भएपछि केही दिन अघि बीर अस्पतालको आईसियूमा सारीएको थियो ।

क्यान्सरको अन्तिम स्टेजमा रहेको भेटवालको शरिरका सबै अंगमा क्यान्सर रोग फैलिसकेको थियो । भेटवाललाई ०६२ सालदेखि क्यान्सर रोगले छोई सकेको थियो । ०६६ सालमा राम्रोसँग उपचार गरेपछि क्यान्सर भएको पुष्टि भयो। भेटवाललाई शुरुमा प्रोस्टेटको क्यान्सर देखिएको थियो ।

नेता भेटवाल डेढमहिना अघिबाट काठमाडौंमा नै उपचार गराइरहेका थिए। नेता भेटवाल पूर्वी चितवन निवासी हुन् ।

Share.

Leave A Reply