चितवनका एक दम्पत्तिको युएईको दुवईमा रहस्यम मृत्यु

0


चितवन, १२ भाद्र । युएईको दुवईमा चितवनका पर्शुराम सापकोटा दम्पत्तिको रहस्यम मृत्यु भएको छ । चितवनको रत्ननगर बछौलीका पर्शुराम र उहाँकी श्रीमती कल्पना सापकोटा शनिबार साँझ मृत अवस्थामा फेला परेका हुन् । शुक्रबार साँझ डेरा दुवईमा रहेको आफ्नैै कोठामा सुतेका उहाँहरु अर्को दिन साँझ मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । कल्पनाको घाँटी रेटिएको र पर्शुराम झुण्डिएको अवस्थामा भेटिएका थिए । कल्पना ३ वर्ष पहिले युएई आउनु भएको हो । कल्पनाले नै भिसाको व्यवस्था मिलाए पछि पर्शुराम केही समय अघिमात्रै युएई आउनु भएको थियो । कल्पनाका भाइ नवराज दवाडी पनि युएईमै कार्यरत छन् । कल्पना अलशाया कम्पनीको दुवई मलमा रहेको चिजकेक फ्याक्ट्री नामक रेस्टुरेन्टमा काम गर्नुहुन्थ्यो । कल्पनाले यो काम सुरु गरेको पनि धेरै भएको थिएन । पर्शुराम होटलमा कुक सहयोगीको काम गर्नुहुन्थ्यो । पर्शुरामका बुवा मोती सापकोटाले छोराबुहारीको हत्या भएको आशंका गर्नुभएको छ । फोनमा कुरा गर्दा पर्शुरामले आफ्नो हत्याको प्रयास भइरहेको बताउने गरेको उहाँको भनाई छ । आर्थिक लेनदेन र छोराबुहारी बिचको खटपटका कारण कसैले हत्या गरेको हुनसक्ने मोतीले आशंका गर्नुभयो । मृतकको शव डेरादुवई प्रशासनले लगेको छ । उनीहरुको मृत्युका कारणबारे थप अनुसन्धान भइरहेको छ । यसबारेमा नेपाली दूतावास आबुधाबीमा जानकारी नआएको प्रवक्ता कृष्ण अर्यालले जानकारी दिनुभयो । श्रीमानश्रीमती बिच सम्बन्ध राम्रो नभएको आफन्तले बताएका छन् । सम्बन्ध सुधार गर्नका लागि उनीहरु सँगै बस्दै आएका थिए । उनीहरुका दुई छोरा छन् । कमाउन विदेश गएका छोराबुहारीको मृत्युको खबरले आमा मिसकुमारी अचेत हुनुहुन्छ । उज्यालो अनलाइनबाट

Share.

Leave A Reply