चालकको लापरवाही नै हो ः ट्राफिक प्रमुख शाही

0

नवलपरासी


नवलपरासी (वर्दघाट सुस्तापूर्व) गण्डकी प्रदेशकै बढी दुर्घटना हुने जिल्ला हो । पूर्वपश्चिम राजमार्गमा जोडिएका जिल्लाहरुमध्ये नवलपरासी (वर्दघाट सुस्तापूर्व) तेस्रो वढि दुर्घटना हुने जिल्ला अन्तर्गत पर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरको दावी छ । नवलपुरमा चालकको लापरवाहीका कारणले अधिकांश दुर्घटना हुने गरेको ट्राफिकको ठहर छ । यसै सन्र्दभमा हामीले जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख, प्रहरी निरिक्षक लक्ष्मणबहादुर शाहीसँग कुराकानी गरेका छौं । प्रस्तुत छ उहाँसँग सहकर्मी माया कंडेलले गर्नुभएको कुराकानीको सम्पादित अंश ः
तपाईंलाई विजय खबरमा स्वागत छ ।
धन्यवाद ।
चाडपर्व नजिकिएसँगै बढी मात्रामा हुने दुर्घटना न्यूनीकरणका लागि नवलपुर ट्राफिक प्रहरीले के गर्दैछ ?
नवलपुर जिल्ला सवारी दुर्घटनाको दृष्टिकोणले अलि बढी संवेदनशील जिल्ला हो । नवलपुर जिल्लामा झन्डै साढे ६९ किलोमिटर राजमार्ग पर्छ । जिल्ला ट्राफिक कार्यालय नवलपुरले जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरेर विविध कार्यक्रम र योजना तयार गरिरहेको जिल्ला ट्राफिक कार्यालय नवलपुरका प्रमुख प्रहरी निरीक्षक लक्ष्मणबहादुर शाहीले बताउनुभयो । चाडपर्वको पुर्बसध्यामा बढन सक्ने दुर्घटनालाई न्यूनीकरण गर्न अहिले हामीले विभिन्न खालका कार्यक्रम अगाडि बढाएका छौँ ।
कस्ता कस्ता कार्यक्रमहरु गर्दै हुनुहुन्छ ?
अहिले नवलपुर जिल्लाको ५ महŒवपूर्ण ठाउँमा सामाजिक सचेतनामूलक कार्यक्रम अन्तर्गत ट्राफिक जनचेतनामूलक कार्यक्रम गैडाकोट दुम्कीबास डन्डा चोरमारा र कावासोतीको फलफूल चोकमा १ घण्टाको कार्यक्रम ग¥यो । सुरुवात डन्डाबाट ग¥यो जसमा स्थानीय, जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुखसंगै ट्राफिक प्रमुख म आफै सहभागी थिएँ । अन्यमा सवारी चालक, सहचालक, स्थानीयलगायतको पनि सहभागिता रहेको थियो । कम्तीमा चाडपर्व नजिकिँदै गर्दा अन्य समयमा भन्दा बढी सवारी चाप हुने, यतिखेर यात्रुहरुको पनि चाप बढी हुने यातायात व्यवसायीबाट यात्रुहरु ठगिने क्रम पनि बढी हुन्छ । निश्चित तोकिएको भन्दा पनि बढी भाडा लिने जस्तै २ सय ५० भाडा हो भने ५ सय रुपैया लिने अनि यतिबेला धेरै व्यक्तिहरु विदेशबाट पनि आएका पनि हुन्छन् एक अनि अर्को दोस्रो कुरा सवारी चाप बढेसँगै दुर्घटना वृद्धि हुन्छ । नेपाल सरकारले अहिले सिन्डिकेट अन्त्य गरेको अवस्था छ सवारी साधन आपूmखुसी निर्बाध रुपमा चलिरहेका छन् । यसले गर्दा के समस्या निम्त्याएको छ भने अस्वस्थ्य प्रतिस्पर्धा सवारी साधनहरुबीच, मैले कसरी धेरै यात्रु बोक्ने, छिटो भन्दा छिटो गन्तव्यमा पुगेर पुनः आएर यात्रु लैजाने यस्तो खालको प्रतिस्पर्धा बढिरहेको छ । यसले गर्दा यसले गर्दा दुर्घटना बढन सक्छ । किनकि धेरै भन्दा धेरै यात्रु लिन खोज्दा बस स्पिड हुन्छ । हाम्रो राजमार्गको अवस्था नाजुक छ, सडक साँघुरो छ । त्यसमा पनि एकदम धेरै खाल्टाखुल्टी छन् । खाल्टाखुल्टीको कारणले पनि दुर्घटना बढेको छ ।
राजमार्ग जोडिएका जिल्लामध्ये नवलपुर धेरै दुर्घटना हुने देशकै तेस्रो जिल्ला भन्निछ, यसको हालसम्मको अवस्था के छ ?
गण्डकी प्रदेशकै राजमार्गले छोएको जिल्लामध्ये धेरै दुर्घटना हुने जिल्ला नै नवलपुर हो ।अघिल्लो वर्षभन्दा यो वर्ष दुर्घटना न्यूनीकरण गर्न सफल भएका छाँै । १ महिनामै झन्डै २ हजार सवारी साधन थपिँदै आएका छन् । यो असोज महिनामा मात्रै १५ गतेसम्म ११ वटा दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । भाद्र महिनामा ४ जनाको मृत्यु भयो ७ वटा दुर्घटनामा त्यस्तै साउन महिनामा चाहिँ ११ वटा दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । नवलपुरमा चालकको लापरवाहीका कारणले अधिकांश दुर्घटना हुने गरेको छ । सवारी बढे अनुसार दुर्घटना कम भएका छन् । भाद्र, असोज र कार्तिकमा अलिकति दुर्घटनाका संख्या बढने अवस्था देखियो जसले गर्दा पनि समयमै नियन्त्रण गर्न सचेतनामूलक कार्यक्रम ग¥यौँ । अनि अर्काे कुरा जिल्ला प्रहरी कार्यालयसँग मिलेर नवलपुरका ४ स्थानमा यात्रु सहायता कक्ष राखेका छौ । जुन डन्डा कावासोती, दुम्कीबास र गैडाकोटमा यात्रु सहायता कक्ष छ ।
यात्रु सहायता कक्ष निर्माण गर्नुभएको छ, यो कक्ष निर्माण गर्नुको उद्देश्य के हो ?
यात्रु सहायता कक्षमा ट्राफिक प्रहरी र जनपथ प्रहरी संयुक्त रुपमा हुन्छ । यसको प्रमुख उद्देश्य के हो भने टिकट काट्ने बेलामा एउटै सिटमा ३ जनाको टिकट काटेर हानाहान भएको अवस्था पनि छ विगतमा । त्यसले गर्दा पनि लापर्बाही नहोस् भनेर, टिकट काटने तर सिट नहुने अवस्था, चालकले मादक पदार्थ खाए नखाएको आदि निगरानी र चेकजाँच गर्ने काम यात्रु सहायता यो काम गर्छ । विशेष गरेर यात्रुलाई परेको असुविधा, पीरमर्का, यात्रुलाई परेको समस्या के छ ? यात्रुले गाडी नपाएको अवस्था हो कि टिकट नपाएको अवस्था हो कि, बढी भाडा लिएको अवस्था हो कि ? त्यस्तो सहजीकरण गर्छ ।
यात्रुलाई सहजीकरण गर्छ भन्नुभयो, ट्राफिक प्रहरी र प्रहरीले सहजीकरण कसरी गर्छ ?
यसलाई हामी के गर्छौं भने यदि डबल टिकट भयो भने कुन समितिको हो कुन गाडी हो तुरुन्तै कारर्वाही गर्छौं । बढी भाडा लिएको पाइयो भने यात्रुलाई भाडा फिर्ता पनि गराउँछाँै अनि कारवाही पनि गर्छौं । यसरी यात्रुलाई बढी पैसा लिएको फिर्ता गरेका धेरै घटनाहरु पनि छन् । ०७८५४००३० ट्राफिक हेल्पलाइन नम्बरमा फोन गरेर पनि समस्याका बारेमा जानकारी दिन सक्नुहुन्छ नागरिकले यो नम्बर चाहिँ २४ सै घण्टा खुल्ला हुन्छ र तुरुन्तै समस्याको समाधानतर्फ जान्छौँ । अनि समय समयमा बृद्ध सिट, अपाङ्ग सिट, महिना सिट सम्बन्धित व्यक्तिले पाएका छन् कि छैनन् भनेर पनि अनुगमन गर्ने गरिरहेका छौँ ।
चाडपर्वका समयमा ट्राफिक प्रहरीलाई कसरी परिचालन गर्दै हुनुहुन्छ ?
सामान्यतया अघिपछिको समयमा भन्दा चाडपर्वको समयमा बढी मात्रामा जनशक्ति खटाई बढी मात्रामा नै चेकजाँच गर्ने गरेका छाँै । पहिले हाम्रो १५ पटकसम्म चेकजाँच गर्ने गथ्र्यो । अहिले २२ पटकसम्म चेकजाँच बढाएका छौँ । पहिले रातको समयमा कम चेकजाँच हुन्थ्यो भने अहिले राती १० बजेदेखि बिहान ४ बजेसम्मको समयमा पनि २ ठाउँमा चेकजाँच गर्छौं । राती पुलिसले चेक गर्दैन भनेर लापर्बाही गर्नसक्ने हुनाले चेकजाँच गर्न सुरु गरेका छौँ ।
ग्रामीण चेकजाँच पनि गरिएको छ, ग्रामीण चेकजाँच भनेको के हो ?
प्रहरीको उपस्थिति धेरै राजमार्गमा हुने, राजमार्गमा नै धेरै दुर्घटना हुने अनि ट्राफिक व्यवस्थापनको चुनौती पनि धेरै राजमार्गमा हुने भएको ग्रामीण क्षेत्रमा कम चेकजाँच हुन्छ । अहिले ३० देखि ३५ प्रतिशत दुर्घटना ग्रामीण क्षेत्रमा हुने गरेको छ । ग्रामीण क्षेत्रमा ट्राफिक व्यवस्थापन गर्न हप्ताको ३ दिन चेकजाँच गरिरहेका छौँ । अहिलेसम्म नियम उल्लङ्घन गर्नेमा बसको छतमा बस्ने र ३ जना बाइकमा चढ्नेहरू पाइएको छ । ग्रामीण चेकिङ्बाट नियम उल्लङ्घन गर्ने ६० सवारी साधन नियन्त्रण लिई कारबाही गरिएको छ । ०७५ जेठ महिनादेखि असोज १५ सम्ममा जसबाट ३५ हजार ५ सय राजस्व उठाएका छौँ । कारबाही र राजस्वमात्र नभएर हामीले सचेतनामूलक कार्यक्रम पनि गरेका छौँ ।

Share.

Leave A Reply