चलचित्र कायरा साउन १८ गते पर्दशनमा

0


नारायणगढ, १३ श्रावण । नायिका साम्राज्ञी राज्य लक्ष्मी र नायक आर्यन सिग्देलको नयाँ चलचित्र कायरा साउन १८ गते पर्दशनमा आउने भएको छ । सोमबार चितवनको नारणगढ सहिदचो पत्रकार सम्मेलन गरी चलचित्र साउन १८ गते सार्वजनिक हुने जानाकारी दिइएको हो । प्रेम कथा संग सम्बन्धीत रहेको कायरा चलचित्र फिलिपिन्समा छायांकन गरीएको थियो । चलचित्रमा नायीका साम्राज्ञी राज्य लक्ष्मी कायराको रुपमा रहनु भएको छ भने आर्यन सिग्देल जयको रुपमा रहनु भएको छ । कायरा शब्दको अर्थ सबै गुण बाट भरिपुर्ण नारी भएकाले चलचित्रको नाम कायरा राखिएको नायक आर्यन सिग्देले बताउनु भयो । हालको सन्र्धवमा युवायुवतिमा परेको प्रेमको छाप लाई सकरात्मक रुपमा रुपान्तरण गरी साथै कुनै लक्षित बर्ग लाई मात्रै नभई चलचीत्रले सम्पुर्णलाई समेट्ने सिग्देलले बताउनु भयो । उक्त कायरा चलचित्र २ करोडको लगानीमा उत्पादन गरीएको छ भने चलचित्र २ घण्टा ५ मिनेटको रहेको छ ।

Share.

Leave A Reply