चराको भिडीआरसी मोह

0


प्रेम क्षेत्री
गैंडाकोट
घाम–पानी, आँधी–हुरीबाट सुरक्षितका लागि मानिसमात्र होइन पशुपन्छीलाई पनि घर चाहिन्छ । निश्चिन्त जीवनका क्षणहरू गुजार्नका लागि, सुरक्षित अवस्था अनुभव गर्न, मायामोह र लाडप्यारको समय सिर्जना गर्नका लागि पनि घर चाहिन्छ ।
चराचुरुंगीले मेहेनतकासाथ घर बनाए पनि बढी क्षति मानवबाटै हुने गर्छ । मानव होस् वा अन्य जिवजन्तुबाट बच्न चराले अग्लो स्थानमा गुँड लगाउँछन् । यस्तो अवस्थामा उनिहरु सुरक्षित स्थान छनोट गर्छन् । अन्य प्राकृतिक प्रकोपबाट बच्न पनि उनिहरुले सुरक्षित स्थानको खोजी गर्छन । यस्तै मध्येको केही चराहरुको रोजाई बनेको छ, पुर्वी नवलपरासीको गैंडाकोट ।
गैंडाकोट नगरपालिका वडा नम्बर ८ मा रहेको विजय विकास स्रोत केन्द्र (भिडीआरसी) परिषरभित्र चेतना सदन उनिहरुको बसोबासको थलो बनेको छ । हेर्दा लाग्छ, यहाँ चरा र्फाम नै खौलिएको छ । तर यहाँ फार्म खोलिएको नभई उनिहरु आफै आएर बसेका हुन् । प्राकृतीक रुपमा पनि सुन्दर तथा मानवबाट पनि कुनै असर नभएपछि यसरी बसोबासका लागी आउने चराको सङ्ख्या बढिरहेको छ । हरेक दिन नयाँ नयाँ गुड बनाईरहेको देखिन्छ ।
तोपचराको तन्द्रयाङतुन्द्रुङ झुन्डिएका गुँड, ती चराका गुँड निर्माण कला र तिनको आपसी मित्रता र प्रेम, हाउभाउ, बानीव्यहोराले जो कोहीलाई लोभ्याउँछ ।
नेपालमा पाइने विभिन्न प्रकारका चरामध्ये रंगीन चरा ‘बया तोप चरा’ (वेवर्सबर्ड) को परिचय भिन्न छ । कलात्मक शैलीमा अग्ला रुखहरुमा गुँड निर्माण गर्ने हुँदा यसलाई इन्जिनियर चरा समेत भन्ने गरिन्छ । कहिँकतै यसलाई दमाई चराको रुपले समेत चिनिन्छ ।
उन्न र बुन्नमा निपुण सीप भएको पन्छी मानिन्छ तोपचरा । हरियो घाँस, मकै, उँखु, नरिवल, सुपारी लगायतका लामो पात च्यातेर कलात्मक तरिकाले त्यान्द्रा उनेर गुँड बुन्ने गर्छन् ।
तोप चराले एक्लो ज्यानले सयौं पटक उडान भरेर घाँस, नरिवल, बाँसका पातलगायत विभिन्न वनस्पतिका रेसाहरू च्यातेर खेतबारीबाट चुच्चोमा बोकी ओसारेर रूखको टुप्पामा आनो कालिगडी देखाइरहेको हेर्न बेग्लै मज्जा आउने भिडीआरसीका तालिम सहायक नविन सापकोटाले बताउनुभयो ।
चरालाई कसैले क्षति नुप¥याएका कारण पनि भिडीआरसी रोजाईमा परेको हुन सक्ने भिडीआरसीका हेड कुक तेजेन्द्र सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो–“भँगेराले बरु फोहर गरेर दुःख दिन्छ, यी चराको चिरविर र कलाले मनै लोभ्याउँछ ।”
भिडीआरसीका प्रोकरमेन्ट लजिस्टिक एसिस्टेन्ट सुजन पौडेलले यी चरालाई पनि पाहुनाकै रुपमा लिने गरेको बताउनुभयो । कहिलेकाँही कागले बच्चा तथा अण्डा खाईदिएर दुःख दिने गरेको उहाँको भनाई छ । यस्तो अवस्थामा कागलाई धपाउने गरेको उहाँले बताउनुभयो ।
विजय विकास स्रोत केन्द्र नेपालको मध्ये भागमा अवस्थित छ । यहाँ सुविधा सम्पन्न तालिम हल उपलब्ध छ । पुर्व पश्चिमका हरेक व्यक्तीलाई तालिम लिन यातायात, दुरीका कारण पनि सहज हुने भएकाले धेरैजसो तालिम यहि सञ्चालन हुने गर्छन् । तालिममा आउने व्यक्तीहरुले पनि निकै उत्सुकताका साथ लिने गरेका तालिम सहायक नविन सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो–“केहीले त फोटो पनि खिच्छन्, सेल्फी लिन घरको छतमा पनि जान्छन् ।” केही तालिमका सहभागीलाई चराको उदाहरण पेश गर्दै प्रशिक्षकले देखाउने समेत गरेको उहाँको भनाई छ ।
यी चरा हरेक वर्ष चैत, बैशाख देखी असार साउन सम्म देखिने गरेको भिडिआरसीका कम्प्युटर अपरेटर लक्ष्मि अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो–“बच्चा कोरले पछि फेरी हराउँछन् अनि अर्को वर्ष फेरी देखीन्छन्, यो प्रक्रिया पछिल्लो ५÷६ वर्षदेखी निरन्तर चलिरहेको छ ।” उहाँले घरमा सजाउन केही व्यक्तीले चराको खसेको गुँड समेत लिएर जाने गरेको बताउनुभयो । केहीले पाल्नुभएको हो भनेर सोध्ने समेत गरेको बताउँदै उहाँले हो मा हो मिलाउने गरेको समेत बताउनुहुन्छ ।
बर्सेनि यी चरा यिनै सोप्लान र नरिवलको रूखमा आएर बस्ने गर्छन् । तोपचराहरू साना, राम्रा र चुलबुले हुन्छन् । तोपचरालाई सबैभन्दा राम्रो गुँड बनाउने चरा पनि भनिन्छ ।

Share.

Leave A Reply