चट्याङ लागेर चेपाङको मृत्यु

0

मुग्लिन, १२ माघ

चितवनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका– २ छापडाँडाका २५ वर्षीय राजु चेपाङको गएराति घरमा सुतिरहेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको स्थानीय शिक्षक मानबहादुर मैनालीले जानकारी दिनुभयो ।

चट्याङ लागेर एक भैँसी र गाईसमेत मरेको उहाँले बताउनुभयो । – रासस

Share.

Leave A Reply