चट्याङका कारण गैडाकोट १८ मा ३ जना घाइते/पशुचौपाय मरे

0

गैडाकोट, ८ जेठ । आज साँझ परेको चट्याङका कारण गैडाकोट १८ को रतनपुर स्थित आहालेमा टोप वहादुर सुनारी,हरिमाया सुनारी र बसन्त सुनारी घाइते भएका छन् ।
चट्याङका कारण एउटा गाई र भैँसी भने मरेका छन् । कडा हावाहुरी सहित आएको पानीका कारण राम्रोसँग टेलिफोन सम्पर्क हुन नसकेको र घाइतेलाई उपचारका लागि ल्याउने तयारी भइरहेको वडा अध्यक्ष तिल बहादुर चितौरे मगरले जानकारी दिनुभयो ।

Share.

Leave A Reply