घरदैलोमा रहेको राष्ट्रिय जनमोर्चालाई सकरात्मक रुपमा लिएका छन् – गोपाल गिरी

0


गैँडाकोट, ८ मंसिर । चुनावी घरदैलो अभियानमा रहेको राष्ट्रिय जनमोर्चाले शुक्रबार गैँडाकोट, मुकुन्दपुर, गिरुबारीमा घरदैलो गरेको छ । ठूलादलहरुप्रति वितृष्णा पैदा भइरहेको अवस्थामा आफ्नो दललाई विकल्पको रुपमा मान्दै राम्रो प्रतिक्रिया आइरहेको पूर्वि नवलपरासी क्षेत्र नं. १ का उम्मेदवार गोपाल गिरीले बताउनुभएको छ । गिरिले वर्तमान राजनीतिक परिपाटिबाट जनता आजित भएकाले आफूहरुलाई मतदाताले सकरात्मक रुपमा लिएको बताउनुभयो । शुक्रबार गैँडाकोट १ र २ मा जारी चुनावी अभियान तथा घरदैलो कार्यक्रममा जनताले राष्ट्रिय जनमोर्चाले पहिलो प्राथमिकतामा राखेको नारायणी तटबन्धनको कार्यक्रमलाई सकरात्मक मानेको गिरीले बताउनुभयो । उता पूर्वी नवलपरासी क्षेत्र नं. २ को गिरुवारीमा प्रतिनिधि सभा सदस्य उम्मेद्धार भागीरथ भट्टराई र प्रदेश सभा सदस्य गिरबहादुर महतारा, टेकप्रसाद पोखरेल सहित घरदैलो गरीएको पार्टी जिल्ला अध्यक्ष दिपक पाण्डेले बताउनुभएको छ ।

Share.

Leave A Reply